इनरुवा । सुनसरीको कोशी गाउपालिकामा नेकपा एसका नेता कार्यकर्ताहरु स्थानिय तहको निर्वाचनका लागि घरदैलो कार्यक्रमसहित चुनावको तयारीमा जुटेका छन ।
नेकपा एकिकृत समाजवादी सुनसरीका उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार कोशी गाउपालिका कमिटीको विस्तारित बैठककाे निर्णय बमाेजिम पालिकामा रहेका ८ वटै वडाका टोल वस्तीमा कलम चिन्ह्सहित चुनावी घरदैलो लिएर नेता कार्यकर्ता जनताका बिचमा जान लागिएको हो ।
सुनसरीका विभिन्न गाउ वस्तीमा एक महिने संगठन निर्माण अभियानमा एमाले किन छाडने, नेकपा एस किन रोज्ने भन्ने वैचारिक अभियानसगै कोशी गाउपालिकामा समेत केपी ओली नेतृत्वको एमालेका विरुद्ध अभियान संचालन भएको मटियैतले जानकारी दिए।
उपाध्यक्ष मटियैतका अनुसार कोशी गाउपालिकामा केपी ओली नेतृत्वको एमालेका जगदिश कुसियैत परिवारका बाहेक सवै कम्युनिष्ट नेता कार्यकर्ता नेकपा एसमा समाहित भएकाले आउदो स्थानिय तहको निर्वाचन एकल रुपमा जित्ने गरि अभियानमा जान लागिएको हो ।
अभियान अन्र्तगत प्रत्येक वडामा एकजना जिल्ला सदस्यसहित पालिका कमिटीका पदाधिकारी, वडाकमिटी, टोल कमिटी परिचालित भएका छन ।
घरदैलोमा सहभागी भएका नेता कार्यकर्ताहरुले स्थानियलाई राजनितिक सन्देशसगै समस्याका बारेमा छलफल गरि समाधानका बारेमा सुझाव लिने कार्यक्रम रहेको छ ।
घरदैलौ अभियानमा प्रत्येक घरमा कमल चिन्ह् भएको झण्डा टाग्ने, कार्यकर्ताहरुलाई स्थानिय मतदाताका समस्या र चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विकास निर्माणका योजनाहरु संकलन गर्ने जिम्मेवारी दिइएको छ ।
नेकपा एसका कोशी अध्यक्ष शत्रुधन चौधरीले चुनावी अभियान लिएर टोल वस्तीमा जादा दैनिक एमाले छाडेर ठुलो सख्याँमा नेकपा एसमा आउनेहरुको भिड रहेकाले यसपटक चुनावमा कलम चिन्ह लिएका उम्मेदवारले जित्ने दावी गरे ।
नेकपा एसका नेता राजकुमार कुसियैतले जनतालाई सुर्य होइन भ्रममा नपर्न आग्रह गर्दै कलम चुनाव चिन्ह कम्युनिष्ट पार्टीको चिन्ह हो भन्ने सन्देश दिदै विकासका लागि नेकपा एसमा आवद्ध हुन सन्देश दिन अभियान चलाएको बताए।
Discussion about this post