इनरूवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले विद्यार्थीहरुको लागि First Aid को सामाग्री हस्तान्तरण गरेका छन् ।
क्याम्पस प्रमुख इनु भट्टराईलाई क्याम्पस इकाई समितिले विद्यार्थीहरुको लागि First Aid को सामाग्री हस्तान्तरण गरेका हुन् ।
उक्त First Aid को सामाग्री हस्तान्तरण नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको थियोे भने सिरप फर्मा डिस्टिरीब्युटर विराटनगरले सहयोग गरेको थियो।
हस्तान्तरण कार्यक्रममा वेटाडिन,कट्टन,बन्डेज,थर्मामिटर,हयास्पन जेल टेबलेट,निम्स टेबलेट,कट्टन जिकजैक,मिन्स पैड,ओआरएस, ओइन्ट मुपिर र हयान्डि प्लास्ट हस्तान्तरण गरेका हुन्।
हस्तान्तरणमा नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाका भु.पु.सचिव धिरज भट्टराई,नेपालविद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाइका सभापति सेराज हुसैन,क्याम्पस प्रमुख इनु भट्टराई,प्रध्यापिका लिला आपागाइ,ने.वि.संघका नेता नन्दन गुप्ता,शम्भु कुमार मेहता,निरज शर्मा,रोशनी उराँव लगायत प्राध्यापक र विद्यार्थीहरुको उपस्थित थियो।
Discussion about this post