महेश सिंह / सिरहा । सिरहाको सुखीपुर नगरपालिका वाडा १० र ७ स्थित रहेको गाँगन खोलाको किनारमा महा बिष्णु यज्ञ सुरु हुने भएको छ।चैत १९ गते शनिबार बिशाल कलस यात्रा हुने सोही दिन यज्ञ आर्म्भ हुने यज्ञ कर्ता माता शुशीला देवी दास र बाबा महिन्द्र दासले बताए।
उक्त यज्ञमा दर्जनौं मुर्तिहरु रहने झुला मौतको कुवा,रामायण पाठ हुने बाबा दासले बताए।सप्तरीको राजबिराज १ बस्दै बस्दै आएका माता सुशीला देबी दास र बबा महिन्द्र दास सिरहा सप्तरी गरि ५ वाटा यज्ञ गर्न सफल भएका छन्।
समाजमा हिन्दु सहिष्णुता कायम रहोस् संसारमा सबैलाई भलो होस हिन्दु धर्म प्रतिको सामाजको आस्था प्रगठ होस् भने उदेश्यले यज्ञको आर्म्भ गरेका छन्।बाबा दासका अनुसार सामाज संग यज्ञमा खर्च तिर्न राजी खुशी आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन्।२९ गते यज्ञ बिसर्जन हुने आयोजकले जानकारी दिनुभयो।
Discussion about this post