शुभ नारायण यादव /सप्तरी ।
सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। इसरी पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।
सप्तरीको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उहाँको साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो त्यसैगरी म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय अरविन्द कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
मण्डलले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ललाई फकाई प्रलोभनमा पारी रकम लिने गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Discussion about this post