महेश सिंह/ सिरहा । लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसबाट २०५४ सालमा विद्यार्थी राजनीति सुरु गरेका बिरेन्द्र चौधरीले तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको जिम्मेवारी समहाल्दै आएका थिए।उनी विभिन्न संघ संस्थामा आवद्ध रही समाज सेवामा लगेका चौधरी नेपाल कम्युनिस्ट पार्टी एमालेको कम्युनिस्ट आन्दोलनमा अहम् भुमिका निर्वाह गर्दै थिए।
हाल नेता बिरेन्द्र चौधरी एमाले पार्टीको नगर सचिब तथा खेल कुद महासंघको केन्द्रिय सदस्य समेत रहनु भएको हो। उनी थारुहरुको समाजिक संस्था थारु कल्याणकारी सभाको केन्द्रिय सदस्य समेत रहनु भएका नेता चौधरी स्थानीय सागरमाथा माबीका अध्यक्षको जिम्मेवारी समेत समहाल्दै हुन् ।
ऊनी समाज सेवामा अग्रनी भुमिका निर्वाह गर्दै आएका छन्।उनले संस्थामा काम संगै समाजमा निकै चर्चा बटुले हुन्।
स्थानीयको भनाई अनुसार आउने निर्वाचनमा भागलिन समाजले प्रोत्साहित गर्दा नेता चौधरीले निर्वाचनमा भाग लिन सहमत भएका हुन्। आफनो जित सुसाशनको जित रहने उनले बताए।
Discussion about this post