शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको महादेवा गाउपालिका वडा न.– १ सोनरामा शिक्षकको कुटाईवाट एक ९ वर्षिय वालकको मृत्यले मानसिक त्रासको कारण विधार्थीहरु विधालय जान मानि नरहेको अभिभावक बताउँछन । महादेवा गाउपालिका वडा न. – १ स्थित सोनरा राष्टिय प्राथमिक विधालयका प्रधानाध्यापक बशन्त कुमार चौधरीको कुटाईवाट गत फागुन २३ गते गम्भिर धाइते भएको ९ वर्षिय वालक कमल यादवको गत चैत ५ गते शनिवार करिव साढे ३ वजे विहानको समयमा मृत्यु भएको बुबा डम्बर नारायण यादवले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजवाट आएको प्रहरीले प्रकृती मुचुल्ला पछि शवलाई पोष्टमार्टम राजविराज स्थित गजेन्द्र नारायण सिहं अस्पतालमा गरी परिवारजनलाई सदगद गर्न शव जिम्मा दिएको थियो । सोही धटनाको मानसिक त्रासको कारण अहिले विधार्थी आउन छाडेको स्थानिय अभिभावक तथा अवकाश प्राप्त सशस्त्रका डिएसपी उपेन्द्र प्रसाद मण्डलले सञ्चारकर्मी समक्ष बताएका छन ।
प्रअ चौधरी धटना पछि गत चैत ४ गतेदेखि ११ गतेसम्म विदा बसेको ,त्यस पछि एकै पल्ट १८ गते शुक्रवार आएर १३ गतेदेखि १८ गतेसम्मको हाजिरी पुस्तिकामा हाजिर गरेको स्थानियवासी पुलकित सदाले सञ्चारकर्मी समक्ष बताउनु भयो ।
स्मरण रहोस गम्भिर धाइते भएका मृतक वालकको राजविराज स्थित युनिक सिटी अस्पतालमा उपचार पछि थप उपचारको लागी भनिएकोमा आर्थिक अबस्था कमजोर रहेका कारण थप उपचार गर्न नसकेको कारण वालकको मृत्यु भएको थियो ।
Discussion about this post