इनरुवा । आईतबार ६५ औं राष्ट्रिय सहकारी दिवस सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका सहित जिल्लाभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा १२ वटै पालिका सहित जिल्लाभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी शाखाले विभिन्न कार्यक्रम आयोजना गरी दिवश मनाइएको छ । केही पालिकाले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु सुरु गरिसकेका छन् । जिल्ला सहकारी संघ, समिति तथा स्थानीय तह पालिकास्तरीय सहकारी समन्वय समितिहरुले भव्यताका साथ सहकारी दिवस मनाएको छ । यसैक्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दिगो विकासका लागि सहकारी मुल नाराका साथ सहकारी संघ संस्थाहरुले सामूहिक रुपमा दिवश मनाएका छन् ।
सहकारी समन्वय समिति भोक्राहा नरसिंह गाउँपालिकाका इकाईका अध्यक्ष इसराईल मंसुरीको अध्यक्षतामा विभिन्न झाकी सहित निकालीएको ¥याली चिरौली भोक्राहा चौक हुदै गाउँपालिकाको अगाडि पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रममा सहकारी समन्वय समिति भोक्राहा नरसिंह गाउँ इकाईका अध्यक्ष इसराईल मंसुरीले सहकारीलाई अझै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । वहाँले सहकारीलाई गाउँपालिकाबाट पनि केही सहयोग भएको चर्चा गर्दै दिवशका अवसरमा सहयोगीहरु प्रति अभार व्यक्त गर्नुभयो ।
सहकारीका सदस्यहरु, सेयर सदस्यहरु, व्यवस्थापक, संचारकर्मी, सुरक्षाकर्मीलाई धन्यावद सहित दिवशको अवसरमा शुभकामना दिनुभयो ।
उता दिवसको अवसर पारी र्याली सहित सभा र अन्तरकृया कार्यक्रम गरेको सहकारी समन्वय समिति भोक्राहा नरसिंह गाउँ इकाईले गाउँपालिकाका उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारीका संञ्चालक, व्यवस्थापक, लेखापाल लगायतलाई सम्मान गरीएको छ । चिरौलीमा आयोजीत कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले जलेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अबधनारायण मेहतालाई उतकृष्ट सहकारी व्यवस्थापन सम्मान, जगदम्मा महिला बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सिता मेहता, नरसिंह साना किसान कृषि सहकारी संस्था लि., एकता सहकारी, सन्देश कृषि सहकारी संस्थाका दिनेश कुमार साह र सजिलो कृषि सहकारी संस्था लि.का लेखापल राजेन्द्र प्रसाद मेहता सहितलाई दोसल्ल सहित सम्मान पत्रले सम्मान गरेको छ ।
कार्यक्रममा नेपाली काग्रेंसका भोक्राहा नरसिंह सभापति युवराज दाहाल, नेकपा एमालेका अध्यक्ष रामकुमार मेहता, नेकपा माओवादी केन्द्रका अध्यक्ष हेमनारायण मण्डल, जनता समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादव, जिल्ला सहकारी संघ लि.सुनसरीका अध्यक्ष दामोदार कोईराला, सदस्य राजेन्द्र मेहता, पत्रकार जयकृष्ण यादव, दिपेन्द्र यादव, सुरेन्द्र मेहता, मोहोसिम आलम, डिभिजन सहकारी कार्यालय सुनसरीका पूर्व कर्मचारी श्यामप्रसाद दाहाल, सहकारी प्रशिक्षक अर्जुन बहादुर थापा, गाउँपालिकाका प्रशासन शाखा प्रमुख बसन्त प्रभा खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहकारी शाखाका प्रमुख सिताराम मेहताले सहकारी समन्वय समिति भोक्राहा नरसिंह गाउँ इकाईको सकृयामा भएको कार्यक्रमले सार्थक सन्देश दिएको बताउनुभयो । मेहताले गाउँपालिकाका ४० वटा सहकारी संस्थाहरुलाई एकठाउँ जम्माभेला गरि दिवश मनाउने वतावरण निर्माण गर्ने सहकारी समन्वय समिति भोक्राहा नरसिंह गाउँ इकाईलाई धन्वयवाद सहित शुभकामना दिनुभयो । स्वगत मन्तव्य सहकारीकर्मी नारायण प्रसाद मेहताले राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अथिति भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सहकारी इकाईले गाउँपालिकाका सहकारीको विकास र क्षमता स्तर वृद्धिका लागि योगदान गरेको बताउनुभयो । यादवले परम्परागत सहकारीको ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारी मार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरण सम्बन्धी आयोजना, उद्योग कलकारखाना सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसकालागि परम्परागत सहकारीको ढांचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसंग जोड्नु अहिलेको समयको माग भएको यादवको भनाई थियो ।
यसैगरी यादवले सहकारीका मुल्य, मान्यता र सिद्धान्तमा आधारित सुशासनयुक्त सवल सहकारी प्रणालीको विकास गर्न हाम्रा नीति र विधिलाई समय सापेक्ष परिस्कृत गर्दै अगाडी बढेमा सहकारी निजी र सार्वजनिक सरह प्रतिस्प्रर्धी र सम्मानित क्षेत्रको रुपमा सर्वस्वीकार्य हुने बताउनुभयो ।
नेपालमा किसानलाई मल, विउ वितरण गर्न सुरु भएको सहकारी पञ्चायत कालभरी साझा संस्थाको रुपमा अघि बढएको पनि कतिपयले टिप्पणी गरेका छन् । नेपालमा विस २०४८ सालको सहकारी ऐन र २०४९ को सहकारी नियमावलीका कारण स्वस्फूर्त रुपमा फस्टाउने मौका पाएको छ । त्यसयता सहकारीको संख्या बढेर ३५ हजार नाघेको छ ।
अहिले बचत तथा ऋणका साथै कृषि, स्वास्थ्य, संचार, उपभोक्ता, यातायात लगायतका क्षेत्रमा सहकारीले काम गर्दै आएको छ । देशभर ६५ लाख सर्वसाधारण सहकारी अभियानमा आवद्ध छन् ।
संविधानमा सरकारी र निजीसँगै अर्थतन्त्रको आधारस्तम्भ स्विकार गरिएको सहकारीको कुल ग्राहस्थ उत्पादन (जिडीपी) मा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २५ प्रतिशत योगदान पुर्र्याएको छ । गाउँ गाउँमा वित्तीय पहुँच पुर्र्याउनुका साथै स सानो बचत संकलन र ऋण प्रवाहका लागि सहकारीको भूमिका उल्लेख्य छ । तर, बचत तथा ऋण कारोबार गर्ने केही सहकारीहरुमा भने विकृति पनि देखिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहताले सहकारीको कार्यको उच्च प्रसंशा गर्नुभयो । मेहताले सहकारीलाई शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको क्षेत्रमा पनि योगादन गर्न आग्रह गर्नुभयो । वहाँले सहकारीलाई गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने बचन सहित सहकारी दिवशको शुभकामना दिनुभयो ।
यसैगरी सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. सुनसरीले अन्तरकृया र भवन उद्घाट गरेको छ । जिल्लामा हाल पाँच सय ७४ बढी सहकारी संस्था रहेका छन् । जसमा करिव एक लाख ६० हजार व्यक्ति आवद्ध रहेका छन् भने आठ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालित सहकारी संस्थाले पाँच अर्ब भन्दा बढि पुँजीको कारोबार गर्छन् ।
इनरुवामा आयोजित कार्यक्रम जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामामेदर कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताको प्रमुख आतिथ्यता रहेको थियो ।
आज भन्दा ६५ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।
Discussion about this post