इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा प्रसुति गृह संचालनमा आएको छ ।गृह निर्माण सम्पन्न भएको झण्डै ३ वर्ष पछि बल्ल संचालनमा आएको हो ।बिहीबार गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले प्रसुति गृहको उद्धघाटन गरेसँगै सञ्चालनमा आएको हो ।प्रसुति गृह उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा प्रसुति गृह निर्माण गरी संचालनमा ल्याउन पाउँदा खुशी व्यक्त गर्दै गाउँका महिला, छोरी, बुहारी तथा आमाहरुले प्रसुति गराउन धरान, बिराटनगर र इनरुवा जान नपर्ने गरी गाउँमै प्रसुति सेवाको उद्धघाटन गरेकोे बताए ।यादवले गाउँमै स्वास्थ्य सेवा दिनका लागि ८ वटै वडामा स्वस्थ्य सेवा केन्द्र संचालन गरेकोमा नरसिंह स्वास्थ्य चौकीमा दोश्रो प्रसुति सेवा सुचारु गरेको बताए ।उनले साविकको भोक्राहा स्वास्थ्य चौकीमा प्रसुति गृह व्यवस्थित रुपमा संचालन गरेको र कोभिडपछि अर्को स्वास्थ्य संस्थामा समेत प्रसुति गृहको माग भएपनि बन्दाबन्दीले संचालन गर्न नसकेको नरसिंह स्वास्थ्य चौकीको प्रसुति गृह आजबाट संचालनमा आएको बताए ।
उनले गाउँका सेवाग्राहीलाई सस्तो र आफ्नै घर पायक सेवा दिने उदेश्यका साथ गाउँपालिका र सिडिपीको सहयोगमा निर्माण सम्पन्न गरिएको भवनबाट प्रसुति गृह संचालन गरेको जानकारी दिए ।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहताले महिलाहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर अलि पहिला नै संचालन गर्नुपर्नेमा बन्दाबन्दीले ढिलै भएपनि नरसिंह गाउँबासीले गाउँमै प्रसुति सेवा पाउँने भएको बताए । मेहताले प्रसुति सेवाको प्रवाहले यहाँका महिलाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरिन् ।
उद्धघाटन कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादव, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश राणा मगर, स्वास्थ्य संयोजक आलम अंसारी, आन्तरीक लेखा परिक्षक विज्ञान बन्जारा, योजना सहायक रामचन्द्र यादव, स्वास्थ्य चौकी नरसिंहका प्रमुख रामाशंकर साह, प्रदिप यादव, तेजनारायण यादव, श्यामसुन्दर यादव, ज्योति साह, आशा कुमारी साह, मिथलेश यादव,जदुलाल साह, दुर्गानन्द यादव, पंकज यादव लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post