इनरूवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा सकृय रहेको सहारा महिला सञ्जाल संस्थाले आफ्नो नियमित कार्यक्रम अन्तरगत जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।गाउँपालिकाका विभिन्न क्षेत्रमा महिला बालबालिका तथा किसोरीहरुलाई जनचेतनामूलक विषयवस्तुमा आधारित कार्यक्रमहरु कोरोना विरुद्धको जनचेतनामूलक कार्यक्रम, महिला हिंसा सम्बन्धी कार्यक्रम, महिनावारी स्वच्छता, सामाजिक सञ्जालको दुरुपयोगमा अभिभावकको भूमिका, बालविवाह विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आएको बेला समाजिक संजालको दुरुपयोग विरुद्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको संजालले जनाएको हो ।
संजालकी अध्यक्ष अनु कालिकोटे आफिया बानोले गाउँमा आयोजना गरिएको कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको र अभिमुखिकरण गरिएको जानकारी दिइन् ।
Discussion about this post