इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा कृषिका लागि यान्त्रीकरण प्रवर्द्धन धान, गहुँ र मकैं बालीको उत्पादन देखि भण्डारणसम्म आवश्यक पर्ने सवै प्रकारका मेशिनरी औजार उपकरण सहित कस्टम हायरिगं सेवा केन्द्र स्थापना भएको छ । प्रदेश १ का कृषि मन्त्री झलक बहादुर मगरले विहीबार सगुन कृषि सहकारी संस्था लिमिटेडको कस्टम हायरसिंग सेवा केन्द्रको उद्घाटन गरेको हाे । ठूलो हास्वेस्टर सहित तीन वटा ट्याक्टर, रोप्ने, गोड्ने र काट्न तथा ढुवानी गर्ने उपकरण सहित स्थापना भएको कस्टम हायरिगं सेवा केन्द्रको उद्घाटन गर्दै कृषि मन्त्री मगरले कृषि आन्त्रिकीकरण परियोजनाले किसान र कृषिमुखी काम गर्ने विश्वाश व्यक्त गरे। मन्त्री मगरले कृषि क्षेत्रको आधुनिकीकरण तथा ब्यवसायीकरण मार्फत कृषि औधोगिकीकरणको लागि यो सेवा केन्द्र प्रभावकारी हुने समेत बताए । उनलेे कृषकको लागत कम गर्ने र खाध्यान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने कार्यमा प्रदेश सरकार लागेको बेला यस प्रकारको कस्टम हायरिगं सेवा केन्द्रले थाप योग्दान गर्ने बताए । उनलेे कृषि क्षेत्रमा कृषि यान्त्रीकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायिकरण प्रवर्दधन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनाको एउटा उदाहरणिय कार्य भएको बताए ।
मन्त्री मगरले प्रदेश सरकार कृषकहरुलाई आवश्यक पर्ने प्रविधि हस्तान्तरणको लागी विभिन्न तालिम तथा गोष्ठिहरु संचालन गरिएको बताए । त्यसैगरी श्रोत केन्द्र निर्माणमा सहयोग, प्राबिधिक शिक्षालयहरुलाई सहयोग तथा स्थलगत बीउ, माटो तथा बाली संरक्षण सेवा उपलब्ध गराईएको मगरको भनाई छ ।
उन्नत तथा हाईब्रिड विउ विजन, रसायनिक एवं जैविक विषादीहरु लगायतका अन्य उत्पादन सामग्रीहरुमा अनुदान सहयोग उपलव्ध गराइएको र थप व्यपस्थीत गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
कृषिमा व्यवसायीकरणका लागि प्राथमिक प्रशोधन केन्द्र, गोदाम घर, ग्रेडिंग, प्रि–कुलिङ, तौलाई, प्याकेजिङ, लेवलिङ, ढुवानी, प्रदर्शन तथा विक्री कक्ष-स्टल लगायतका उत्पादनोपरान्त उपज व्यवस्थापन-ह्याण्डलिङ तथा वजार व्यवस्थापन सम्बन्धी आवश्यक अन्य पूर्वधारहरु र ठूला ढुवानी साधन समेत रहेको सेन्टर निर्माणको काम समेत भईरहेको बताए।
कार्यक्रममा सिचाई उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताले कृषिका लागि नियमित सिंचाई, मल र विउँको उपलब्धता आवश्यक रहेको बताए । गाउँमा खुलेको कस्टम हायरिगं सेवा केन्द्रले आफ्नो काम राम्रो गर्नेमा विश्वास व्यक्त गर्दै नियमित सिचाईका लागि सुनसरी मोरगं सिचाई योजनाको मुहान कोशीमा पानीको लियर मिलाउने गरि काम गर्नुपर्ने तथा साना सिंचाइ निर्माण तथा मर्मत सम्भारमा प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।
मेहताले कृषकहरुको लागी आवशयक साना साना बांध, पैनी तथा कुलो मर्मत, सिंचाई प्रयोजनको लागी आवश्यक पानी तान्ने मोटर, स्प्रिड्ढलरमा पनि ध्यान दिनुपर्ने बताए ।
सगुन सरकारीका अध्यक्ष टिका बनले कृषिमा व्यसायीकरण र यान्त्रिकरण आवश्यक रहेको बताए। त्यसैगरी राष्ट्रिय सहकारी महासंघका महासचिव शिव डागींले सरकारीहरु सदस्यमैत्री र नागरिकमैत्री काम गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा प्रदेश सरकारका कृषि सचिव मेघनाथ तिम्सिनाले कृषि उत्पादन, प्रसोधन र वितरणसम्मको काममा कस्टम हायरिगं सेवा केन्द्रले योगदान गर्ने बताए । उनलेे विगतको केही अनुदानका कार्यक्रमहरु दुरुपयोग भएको गुनासो आएकाले नयाँ सिराबाट प्रदेश सरकारले कृषि र पशुको क्षेत्रमा काम गर्न लागेको बताए ।
कार्यक्रममा संघीय सासद सिताराम मेहता, प्रदेश सासद ज्योति सुब्बा, इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, कृषि ज्ञान केन्द्रका प्रमुख निल कमल सिंह , सरकारीकर्मी गंगा प्रसाद दाहाल सहितकाले कस्टम हायरिगं सेवा केन्द्र स्थापनाको शुभकामना दिए ।
Discussion about this post