लौकही ।सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रका जनताहरूकाे सुखदुःख बुझ्ने सशस्त्र प्रहरी निरिक्षक अरूण पाण्डेको सरूवा भएकाे छ ।
सशस्त्र प्रहरी बल बिओपी लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर ) अरुण पाण्डेकाे सरूवा भएपछि उनलाई सम्मानसहितलाई विदाई गरिएको हाे ।
२१ महिनादेखि बिओपी लौकहीमा कार्यरत रहेका सशस्त्र प्रहरी निरिक्षक पाण्डेलाई स्थानीयवासीहरूले सम्मानपत्रसहित बिहीबार विदाई गरेको हो ।
बिदाई कार्यक्रममा स्थानीय युवाहरूको समूहले मायाको चिनो समेत इन्स्पेक्टर पाण्डेलाई प्रदान गरेको थियो । विदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै इन्स्पेक्टर स्थानीय जनप्रतिनिधि,सर्वसाधारणलगायत सबैको साथ र सहयोगमा उपलब्धिमूलक कार्यकाल सम्पन्न गरेको बताएका थिए । उनलेे लागूऔषधसहित ३१ जना पक्राउ गर्नुका साथै ५० लाख बढीको राजस्व संकलन गर्न सफल भएको उनको भनाइ छ । स्वागत तथा विदाई कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा इन्स्पेक्टर पाण्डेलाई बधाई दिँदै भावी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
यसैबीच सोही कार्यक्रममा सशस्त्र प्रहरी बल बिओपी लौकहीको कार्यभार सम्हाल्न आइपुगेका इन्स्पेक्टर टेकेन्द्र कार्कीलाई स्वागत गरिएको छ । विदाई तथा स्वागत कार्यक्रममा जनता समाजवादी पार्टीका नेता देवकृष्ण यादव उर्फ गोवर्धन, बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्का, स्थानीय साजन पाठक, रोशन यादव, चन्दन साह लगायतको उपस्थिति रहेको थियो
Discussion about this post