शुभ नारायण यादव / सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट एउटे नाम गरेका दुई जना ब्यक्ति सहित अध्यक्ष पदकाे लागि उम्मेदवारी दिने सम्भावना रहेकाे छ । अगामि बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि चुनावी अभियानमा लागेका विभिन्न पार्टी मध्ये नेकपा माओवादी केन्द्रबाट सप्तरीकाे छिन्नमस्ता गाउपालिकामा वडा न.१ बरही बिरपुरका बिनाेद कुमार यादव र वडा न.४ लालापटिका बिनाेद यादव गाउँपालिका अध्यक्षकाे लागि सम्भावित उम्मेदवारकाे चर्चामा रहेका छन । निर्वाचनको समय नजिकिदै जादा अहिले विभिन्न राजनितिक दलका नेताहरु आ- आफ्नो पक्षमा मतदान गर्नका लागि चुनावि मेदानमा ओर्लेका छन् । साेहि क्रममा नेकपा माओवादी केन्द्रबाट युवा नेता तथा यसअघि छिन्नमस्ता गाउपालिका वडा न.१ बरही बिरपुरका वडाअध्यक्षमा बिजयी भएका बिनाेद कुमार यादव तथा विगत लामाे समयदेखि माओवादीका लागेका अर्का युवा नेता बिनाेद यादव समेतकाे नाम चर्चामा रहेकाे पार्टीले जनाएको छ । त्यसैगरी छिन्नमस्ता गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा राजु देवि यादवकाे नाम चर्चामा रहेका छन । त्यस्तै छिन्नमस्ता गाउपालिका वडा न.१ बाट बडाअध्यक्षका लागि युवा नेता ललन प्रसाद यादव , वडा न.२ बाट याेगेन्द प्रसाद यादव ,वडा न.३ बाट अशाेक कुमार यादव , वडा न.४ बाट बिरेन्द्र यादव र शम्भु खङ्ग , ५ वडाबाट शिबशङकर पण्डित , ६ वडाबाट कपलेश्वर साह र वडा न.७ बाट प्रमोद कुमार यादवकाे नाम चर्चामा रहेका छन । यसअघि छिन्नमस्ता गाउँपालिका वडा न. ५ काे वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रबाट शिब शङकर पण्डित वडाअध्यक्षमा बिजयी भएको थियाे । अहिले स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिदै जादा गाउ ,टाेल ,चिया पसल ,पान पसल लगायत सार्वजनिक स्थानहरुमा चुनावि चर्चा ने चलिरहेका छन ।
Discussion about this post