सप्तरी। मधेस प्रदेश स्थित सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा रहेको चाईनिज रेल्वे ईन्जिनियरिङ्ग– २ कम्पनीका प्रोजेक्ट म्यानेजरले मजदुरहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको छ । कम्पनीका सम्पर्क प्रमुख सुङ लियाङ थोङले मजदुरहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको हो । बिहिवार द्विपक्षीय सहमतिमा कम्पनीले मजदुरहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि हडताल स्थगित गरिएको श्रमिकहरु बताउँछन ।
कम्पनीमा कार्यरत्त श्रमिकलाई जिल्लामा निर्धारित सरकारी ज्याला अनुसारको रकम समेत उपलब्ध नगराएको भन्दै उनीहरुले हडतालमा उत्रनु परेको बताउँछन ।उनीहरुका लागि शौचालय र पिउने पानीको प्रवन्ध समेत गरिएको छैन् ।कम्पनीमा कार्यरत सयौं श्रमिकहरु खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य छन् । कम्पनीले दलाल लगाएर नेपाली श्रमिकहरुलाई न्यून ज्याला दिने गरेको श्रमिकहरुले आरोप लगाएका छन् ।‘अन्तर्राष्ट्रिय ठेक्का भएकाले त्यसै अनुरुप ज्याला पाउनु पर्ने हो’ श्रमिक बालक दास चौधरीले भन्नु भयो , तर तत्काल त्यस अनुसार नभए पनि जिल्लामा निर्धारित सरकारी ज्याला अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।हाल सरकारी ज्याला भन्दा पनि कम्ती ज्याला कम्पनीले दिने गरेको उहाँको आरोप छन । ‘निर्धारित मापदण्ड अनुसारको पारिश्रमिक दिन र शौचालय, पिउने पानी लगायतको व्यवस्था गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको आरोप लगाउनु भयो । कम्पनीले माग सुनवाई नगरेपछि बाध्य भएर हडतालमा उत्रनु परेको उहाँले बताउनु भयो । मजदुरहरुको आन्दोलनका कारण चारदिन देखि सप्तरीको कंचनपुर–देखि कुशहा सम्मको सडक निर्माणको काम बन्द भएको थियो । चाईनिज रेल्वे इन्जिनियरिङ्ग २ कम्पनीले कंचनपुर–कमला चारलेन सडक परियोजनाको निर्माणको ठेक्का लिएको छ ।
पत्रकार यादवमाथि दुर्व्यवहार घटनाको भत्र्सना
सप्तरी चैत २५ गते ।
सप्तरीको राजविराजस्थित क्षितिज कलेजमा भएको शिक्षक छनोट परीक्षामा समाचार संकलन गर्न पुगेका पत्रकार नविन यादवमाथि भएको हातपात र दुर्व्यवहार घटना प्रति प्रेस चौतारी नेपाल, सप्तरीले भत्र्सना गरेको छ ।
प्रेस चौतारी सप्तरीका कार्यवाहक अध्यक्ष डम्बर राईले विज्ञप्ति जारी गर्दै पत्रकार यादवमाथि भएको सो घटनाले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा माग विज्ञप्ति मार्फत गरिएको छ ।
‘पत्रकार यादवलाई क्षितिज कलेजका संस्थापक अध्यक्ष केशव झा र कार्यालय सहयोगी बाबुनन्द यादवले गालीगलौज र हातपात गर्दै सञ्चार सामग्री समेत खोसेर दुर्व्यवहार गरेको प्रति प्रेस चौतारी खेद प्रकट गरेको छ ।
घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पहल गरिदिनहुन् नेपाल पत्रकार महासंघ शाखा सप्तरीसँग समेत आग्रह गरिएको छ ।
यादवका अनुसार तिलाठी कोइलाडी गापा अन्तर्गत रहेको शिक्षक छनोट समितिले सोही गापाकास्थित लक्ष्मी बल्भ नरसिंह विद्यालयमा करार शिक्षक नियुक्ती गर्न विहिवार लिखित परीक्षा सञ्चालन गरिएको थियो ।
सो परीक्षामा धाँधली भएको भन्दै जानकारी प्राप्त भएपछि परीक्षा केन्द्रमा पुग्दा गापाका कर्मचारीहरुको निर्देशनमै घटना घटाएको पत्रकार यादवले सञ्चारकर्मीलाई बताउनु भयो ।
उता, गापाका सूचना अधिकारी राजेश झाले सो घटनामा गापाको कर्मचारीको कुनै संलग्नता नरहेको बताउनु भयो ।
Discussion about this post