शुभ नारायण यादव /सप्तरी ।सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गाेतमले दलितहरूमाथि हुने विभेदकारी व्यवस्था हटाउनुपर्नेमा जाेड दिनुभएको छ । उहाले सविधानमा पनि दलित समुदायको हक अधिकार सुनिश्चितता सगैँ आर्थिक ,समाजिक रुपमा पछाडि पारिएकाले सम्मान अधिकार दिनुपर्ने बताउनुभएको हाे । प्रजिअ गाेतमले दलित समुदायको हक अधिकारका लागि एक वद भएर अगाडि बढनुपर्नेमा जाेड दिदै राज्यबाट पाउने सेवा सुबिधा सम्मान ढङ्गले पाउनुपर्ने बताउनुभयो । समता फाउन्डेसनकाे सहयोग तथा दलित अधिकार सरक्षण केन्द्रकाे आयाेजनामा भेदभाव तथा छुवाछुत अन्त्य का लागि अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बाेल्नुहुदैँ प्रजिअ गाेतमले साे कुरा बताउनुभयो । आयाेजक सस्थाका अध्यक्ष भाेला रामकाे अध्यक्षता तथा तिरहुत गाउपालिकाकि उपाध्यक्ष तिर्थमाया खङकाे बिशिष्ठ आतिथ्यमा आयाेजित कार्यक्रममा लाेसपाका बाेवा लाल शर्माले जातिय विभेद तथा छुवाछूतलाइ जडेबाट समाप्त गर्नुपर्नेमा जाेड दिदैँ उहाँले स्थानीय निर्वाचनमा दलित उम्मेदवारहरुलाइ सुरक्षा दिइ सहयोग गरिदिनुहुन अनुरोध समेत गरेका छन । साेहि कार्यक्रममा बरिष्ठ पत्रकार बेजनाथ झाले दलित समुदायका ब्यक्तिहरु अझै अवसरबाट बन्चित रहेकाे बताउँदै उहाँले दलित भएके कारणले आर्थिक , सामाजिक तथा राजनीतिक रुपमा पनि दलितहरु पछाडि पारिएको बताउनुभएको छ । उक्त कार्यक्रममा पत्रकारहरु हेम शङ्कर सिंह , शुभ नारायण यादव , नेपाल राम उत्थानका समाजका अध्यक्ष जामुन राम ,सदा समुदायका शिबदेव सदा ,सुकराति राम , सामाजिक अभियान्ता शान्ता सिह , ललकु सदा लगायतका बक्ताहरुले वर्गिय छुवाछुत अन्त्य सगे जातिय छुवाछूत अन्त्य गर्नुपर्नेमा जाेड दिदै तराई मधेशमा अझै जगन्य अपराध समेत बढेको बताउदै २१ औं शाताब्दिमा पनि दलितहरूको हक अधिकार सुनिश्चित हुन नसकेकोले राजनितीक छुवाछूत लाइ समेत अन्त्य गर्नुपर्ने बताएका छन । सप्तरीको राजविराज स्थित स्टार डिलक्सकाे सभाहलमा आयाेजित साे कार्यक्रममा सहजिकरण सबल नेपालका राधेश्याम रामले गरेका थिए ।
Discussion about this post