इनरुवा।सुनसरीको कोशी गाउँपालिकामा मनोविमर्श सेवा केन्द्रको उद्घाटन गरिएको छ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले ग्रामिण क्षेत्रमा विपत वा पीडामा परेकाहरुलाई मनोविज्ञान तथा मनोविमर्श दिनका लागि सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । ओरेक नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा कोशी गाउँपालिका १ लौकहीमा मनोविमर्श तथा परामर्श सेवा केन्द्रको उद्घाटन गरिएको सामाजिक विकास शाखाका प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । उता फरक प्रसंगमा कोशी गाउँपालिका ३ मा रहेको राष्टिय मावि शोभनपुरमा चार कोठे र आठ कोठे गरि दुई वटा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शैक्षिक सुधारमा फड्को मार्ने क्रममा रहेको कोशी गाउँपालिकाको नमुना प्राविधिक धार र कक्षा ११ को पढाई सुरु भएको राष्टिय मावि शोभनपुरमा चार कोठे र आठ कोठे गरि दुई वटा नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले उद्घाटन गर्नुभएको हो । शैक्षिक सुधार र शिक्षामा आमूल परिवर्तन सहित कोशी गाउँपालिकाका विद्यालयहरुमा शिक्षकको व्यवस्थान गर्नुभएका अध्यक्षले आफ्नै पालिकको लगानीमा निर्माण भएको भवनको उद्घाटन गरिएको सामाजिक विकास शाखाका प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो ।
Discussion about this post