शुभ नारायण यादव /सप्तरी । सप्तरी सहित मुलुकभरि अगामि बेशाख ३० गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनको मिति नजिकिदै जादा अहिले विभिन्न पार्टी प्रवेश तथा परित्याग गर्ने लहर शुरु भएको छ । एक पार्टीले स्थानीय तहकाे निर्वाचनमा टिकट फिक्स नगरेको भन्दै स्थानीय नेताहरु दाेस्राे पार्टीमा प्रवेश गर्ने गरेका छन । साेहि क्रममा सप्तरीको राजगढ़ गाउपालिकाका अध्यक्ष परमानन्द यादवका आफ़नो कांन्छो भाई अशोक कुमार यादव नेपाली कांग्रेस छाडेर नेपाल कम्युनिस्ट पार्टी( एमाले) प्रवेश गरेका छन । राजगढ़ गाउपालिकाको कार्यालय प्राङ्गणमा नेकपा एमालेका सुमन पोखरेलकाे प्रमुख आतिथ्यमा आयाेजित साे कार्यक्रममा यादव सहित सयौं नेता तथा कार्यकर्ताहरु साे पार्टीमा प्रवेश गरेकाे पार्टी स्रोतले जनाएको छ । यस्तै जिल्लाकाे राजगढ गाउपालिकामे विभिन्न पार्टि परित्याग गरि सयाे नेता तथा कार्यकर्ताहरु लाेसपा पार्टीमा प्रवेश गरेकाे लाेसपाका नेता मुसहरु यादवले जानकारी दिएका छन ।
Discussion about this post