इनरूवा । आसन्न स्थानीय तह निर्वाचन २०७९ सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ काे वडाध्यक्षमा शिवनारायण पण्डितले आफ्नो उम्मेदवारी दाबी गरेको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट उनले इनरुवा नगरपालिका वडा नम्बर २ काे वडाध्यक्ष पदमका लागि आफ्नो उम्मेदवारी घाेषणा गरेको बताए ।
पण्डित राजनीति शास्त्र र समाज शास्त्रमा स्नातक गरेका युवाले वैदेशिक राेजगारीकाे शिलशिलामा ५ वर्ष व्यवस्थापकीय भुमिकाकाे अनुभव समेत बटुलेका दुःख पीडा समाजवादी युवा संघ सुनसरीका सह सचिव युवा शिव नारायण पंडितकाे वडा अध्यक्षमा चर्चा मतदाताहरू समक्ष सुरू हुन थालेका छन् ।
मतदाताहरूले युवा उम्मेदवारलाई जिताउने र इनरूवा नगरपालिका वडा नम्बर २ मा विकास निर्माणको काम भ्रष्ट र कमिसन खाने नेतालाई बहिष्कार गरि काम गर्ने इमानदार नेता र भ्रष्टाचारकाे विरोधी युवा नेता शिवनारायण पण्डितलाई वडाध्यक्षमा जिताउने दाबी गरेका छन् ।
उता पण्डितले भने आफुले उम्मेदवारी घाेषणा गरे स्थानीय तह निर्वाचन २०७९ मा इनरूवा नगरपालिका वडा नम्बर २ काे वडाध्यक्षमा जिताउने काम मतदाताहरूकाे इच्छाशक्ति रहेको बताए ।
Discussion about this post