इनरुवा । सुनसरीका विभिन्न अधिकारकर्मी तथा संघसंस्थाहरुले महिलाहरुलाई नेतृत्वमा पहुँचका लागि माग गर्दै राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला सदरमुकाम इनरुवामा सामाजिक अभियन्ता, युवा विद्यार्थी, संचारकर्मी सहितको पहलमा महिला पुर्नस्थापना केन्द्र (ओरेक)को ३१ औँ वार्षिकोत्सवलाई लक्ष्ति गरेर ज्ञापन पत्र राजनीतिक दलका प्रतिनिधिहरुलाई बुझाएको हो । आगामी निर्वाचनमा निर्णायक तहमा महिलाको अर्थपूर्ण समानुपातिक समावेशी सहभागिता सुनिश्चितताको वातावरण तयार गर्न माग गर्दै नेपाली काग्रेंसका सभापती केदार भण्डारी, नेकपा एसका अधयक्ष गोविन्द निरौला, नेकपा माओवादी केन्द्रका संयोजक योगेन्द्र मण्डल, जनता समाजवादी पार्टीका उपाध्यक्ष रघुनाथ मेहता, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रामनारायण यादवलाई महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकारः सामाजिक रुपान्तरणको आधार तयार पार्न र स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा पहुचका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको जनाएको छ ।
अधिकारकर्मीहरुले बुझाएको ज्ञापन पत्रमा संविधानको धारा ३८ को उपधारा ४ मा मौलिकहककै रुपमा व्यवस्था गरिएको सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व अनिवार्य रुपमा सुनिश्चित गरिनुपर्ने, महिला र महिलाभित्रको बिभिधता दलित, जनजाति, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपागंतालाई सम्मान र स्वीकार गरि सोहि अनुसारको सहभागिता र निर्णायक तहमा प्रतिनिधित्व सुनिश्चितताका लागि अनिवार्य राजनीतिकदलहरुको बिधानमा नै ब्यवस्था गरि कार्यन्वयनमा ल्याइनुपर्ने माग अघि सारेको छ ।
त्यसैगरी राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाकोे निर्णायक नेतृत्वको अभ्यास गर्न सरकार र राजनितीक दलबाट विशेष योजना र कार्यक्रम बनाइ कार्यन्वयनमा ल्याउनुपर्ने, आगामी स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्वदायी पद सुनिश्चितताका लागि सोहि अनुसार राजनीतिक दलबाट बिना कुनै शर्त महिलाको उमेद्वारी मनोनयन हुने ब्यवस्था गरिनुपर्ने लगायतका माग राखेको ओरेककी जिल्ला संयोजक शान्ती दनुवारले जानकारी दिनुभयो । दनुवारका अनुसार देशको राजनितिक परिवर्तनका लागि महिलाहरुले पु¥याएको योगदानको कदर र सम्मान गर्दै महिलाको नेतृत्वलाई उनिहरुको अधिकारको रुपमा स्वीकार गर्नुपर्ने, सबै राजनितिकदलहरुले आफ्नो चुनावि घोषणापत्रमा महिला तथा किशोरीहरुको सवाललाई राजनीतिक सवालको रुपमास्पष्ट उल्लेख गरि प्रभावकारि कार्यान्वयनका लागि पहल गर्नुपर्ने माग अघि सारिएको छ ।
त्यसैगरी महिलाले नेतृत्वदायी भूमिकामा अगाडि आउनका लागि सामना गर्नुपर्ने पारिवारिक, सामाजिक तथा आर्थिक वाधाब्यवधान र चुनौतिहरुको अध्ययनगर्दै सवाल सम्बोधनका लागि राजनीतिक दलद्धारा योजना निर्माण तथा कायन्वयन गरि महिलाको नेतृवलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ । दलहरुले आफूहरुको पार्टीको तर्फबाट सक्दो पहल प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।
Discussion about this post