इनरुवा । स्थानीय तह निर्वाचन २०७९ नजिक्दै जादाँ सुनसरीकोे भोक्राहा नरसिंह गाउँपालिकामा जसपा गाउँ कमिटी अध्यक्ष महेन्द्र यादवको चर्चा सुरु भएको छ ।
जसपा नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष समेत रहेका महेन्द्र यादवलाई यसपाली स्थानीय तह निर्वाचन २०७९ मा जिताएर छाड्ने स्थानीय मतदाताहरुले भन्न थालेका छन् ।
संगठन निर्माण गर्न लागेका जसपा नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष यादवको आउदो स्थानीय तह निर्वाचनमा पकड् बल्यो रह्ने स्थानीय मतदाता सरोज यादवको कथन छ ।
उनले भने इमान्दार र स्वच्छ छवी भएका उम्मेदवारको खोजीमा म लगायत अन्य मेरा साथीहरु छन् उनीहरुले पनि आउँदो स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट एकाएक चर्चामा आएका गाउँ कमिटी अध्यक्ष महेन्द्र यादवलाई सघाउने बताए ।
उता भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटै वटामा दिनरात संगठन विस्तरमा लागेका गाउँ कमिटी अध्यक्ष यादवको पक्षमा स्थानीय मतदाताहरुले पालिका अध्यक्षमा उम्मेदवारी दिन मतदाताहरुले अवाज उठाउन थालेको अर्का भोक्राहा नरसिंह वडा नं। ७ स्थानीय मतदाता उपेन्द्र मेहताको कथन छ ।
स्थानीय मतदाता मेहता भने जुन जोगी आए कानै चिरेको उख्खान जस्तै भएको छ अहिले उम्मेदवारी घोषणा, जनताले मन नपराएपनि आफ्नैै मन उम्मेदवारी घोषणा गर्ने क्रम बढेको उनको कथन छ ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिका विभिन्न पार्टीबाट आकांक्षी बनेका दर्जन भन्दा बढी नेताहरु अहिले फेसबुक लगायतका समाजिक संजालमा व्यस्त बनेका छन् ।
तर उनीहरुको उम्मेदवारी सकभर फेसबुक र समाजिक संजालमा मात्र हुने बताए ।जनतालाई परेको दुःख र पीडाको समयमा हेर्नपनि नआउने नेता अहिले पालिकाको अध्यक्ष पदको दाबेदार अरे ?कसरी भन्न रुचाए नेता,पालिकाको उम्मेदवार भन्न, मतदाता को अधिकार होइन र, नेता चुन्ने अवका दिनका मतदाता असक्षम छैन् ।जनताको दुःख, सुखमा साथ दिने नेतालाई मात्र भोट दिने मेहताको कथन छ ।
Discussion about this post