शुभ नारायण यादव/ सप्तरी । राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभाग र राजविराज नगरपालिकाद्धारा आयोजित घटना दर्ता सप्ताह सम्वन्धी प्रभात फेरी गरिएको छ । सप्तरीको राजविराज नगरपालिकाकाे अायाेजनामा गरिएको साे प्रभात फेरी कार्यक्रममा राजविराजका सम्पूर्ण कर्मचारी हरुको सहभागिता रहेको थियो । राजविराज नगरपालिकाको कम्पाउन्ड वाट सुरु भएको उक्त प्रभात फेरी कार्यक्रम गजेन्द्र चौक हुदै सिरहा रोड अदालत रोड हुदै रुपनी वस स्टैन्ड हुदै फेरी राजविराज नगरपालिकाकै कम्पाउन्डमा सम्पन्न भएको थियो । राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख सम्पूर्ण कर्मचारी विपदका कर्मचारी सरसफाईका कर्मचारी हरुको सहभागिता रहेको थियो । राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभाग द्धारा २०७९ वैशाख १ गते देखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाउने विभागिय निर्देशन अनुरुप उक्त प्रभात फेरीको आयोजना गरीएको थियो । राजविराज नगरपालिकाको सम्पूर्ण वडा कार्यालयमा २०७९ वैशाख १ गते देखि ७ गते सम्म घटना दर्ता सम्पन्धी कार्य थप प्राथमिकता का साथ गरिने राजविराज नगरपालिकाको प्र प्र अ भोगेन्द्र प्रसाद यादव ले जानकारी दिए। जन्म मृत्यू विवाह सम्वन्ध विच्छेद र वसाई सराई जस्ता घटना दर्ता अन्य दिनको तुल्नामा विशेष प्रथमिकता का साथ गरिने जानकारी गराउनु भयो । साथै सामाजिक सुरक्षा प्राप्त गर्न योग्य लाभग्राहिले समेत आफ्नो निवेदन दर्ता गराउने सकिने उहाले जानकारी दिनुभयो । साथै घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी केहि गुनासो भए समेत जानकारी गुनासो दर्ता गर्न सकिने व्यवस्था छ ।
Discussion about this post