सुनसरी । नेपाल कम्युनिस्ट पार्टी एमालेका युवा नेता हातिम अन्सारीले गठबन्धन विरुद्ध आफ्नो उम्मेदवारी रहने बताएका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपा पार्टीको गठबन्धन उम्मेदवारको विरुद्ध आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकाका प्रभावशाली नेता वडा नम्बर ८ का अध्यक्ष समेत रहेका युवा नेता हातिम अन्सारीले गाउँपालिकामा नेकपा एमालेलाई विजय गराउन र गठबन्धनका उम्मेदवारलाई धुल चटाउन आफू बाहेक कसैले नसक्ने बताउनु भएको छ । उनले पार्टीबाट चुनाव जित्न सक्ने उम्मेदवारले टिकट लिने र अन्य आकांक्षीहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एमालेका युवा नेता हातिम अन्सारीले भोक्राहा नरसिंह गाउँपालिकामा गठबन्धन विरुद्ध आफू गाउँपालिका अध्यक्षमा चुनाव लड्ने बताउनुभयो ।।नेकपा एमाले भोक्राहा नरसिंह गाउँकमिटीका सचिब समेत रहेका युवा नेता अन्सारीले भने,’ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध मेरो उम्मेदवारी रहनेछ । गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई म बाहेक कसैले ध्वस्त पार्न सक्दैनन् । भोक्राहा नरसिंह गाउँपालिकामा नेकपा एमालेको झन्डा फहराउनका लागि मलाई मैदानमा आउनै पर्ने आवश्यकता देखिन्छ । पार्टीले मलाई टिकट दिन्छ यसमा म ढुक्क छु । गत निर्वाचनमा पालिकामा एमालेबाट तीनजना उम्मेदवार वडा अध्यक्षमा विजयी भएका थिए । उनीहरु वडामा दोहोराउने भएकोले र वडामा निर्वाचन भएकोले मेरो दाबी गाउँपालिका अध्यक्षमा स्वभाविक हो । मुल्यांकन र प्राथमिकता आधारका मलाई टिकट हुन्छ यसमा ढुक्क छु । गाउँपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध मेरो उम्मेदवारी रहेकोले मेरो अन्य आकांक्षी साथीहरुलाई सघाउन आग्रह गर्दछु । मैले अहिले गाउँवासी, पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको पहलमा उम्मेदवारी घोषणा गरेको हुँ । नेकपा एमालेले मेरो बदला अरुलाई टिकट दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा -८ मा पहिलो पल्ट नेकपा एमालेबाट वडाध्यक्ष जित हासिल गरेकै र सबैका लोकप्रिय नेता बन्न सफल भएकै कारण नेकपा एमाले सुनसरी जिल्ला कमिटीले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षको लागि हातिम अन्सारीलाई अगाडि बढाउने सम्भावना देखिन्छ । समाचार श्रोतले भन्यो ।
सरल र निकै मिझाशिला स्वभाव हुनुभएका अन्सारी नेकपा एमाले बाट चुनाव लडेर वडा अध्यक्षमा निर्वाचित भएपनि उहाँ अहिले सबैका लोकप्रिय बन्न सफल हुनुभएको छ । यति जनताको सेवामा खटिने अहिलेकाे परिप्रेक्षमा कोहि नदेखिएको हुँदा नेकपा एमालेले पालिका अध्यक्षको लागि अन्सारीलाई अगाडि सार्ने भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकामा नेकपा एमालेका खम्बा भनेर चिनिनु भएका युवा नेता हातिम अन्सारीले पालिका अध्यक्षमा सजिलै जित्न सकिन्छ । भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुको ढुकढुकी समेत भनेर चिनिन्छ । भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीमा लागेका युवाहरुले युवा नेता हातिम अन्सारीलाई पालिका अध्यक्षमा सघाउन तयार रहेका छन् । कतिपय युवाहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीमा भएपनि युवा तथा लोकप्रिय सफल नेता र विकास प्रेमी भएको हैसियतले हातिम अन्सारीलाई आफूहरु खुलेर सघाउन तयार रहेको बताएका छन् ।
त्यसैले भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष बन्ने सम्भावना उच्च देखिन्छ । सामाजिक सेवामा आफ्नो पहिचान बनाउनु भएका अन्सारीलाई एमालेका कुशल नेता मान्ने गरेका छन् । वडामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, मोटरबाटो, सडक संजाल, भोैतिक पुर्वाधार लगायतका विकास निर्माण कार्यमा जनतासंग प्रत्यक्ष जोडिएर काम गरेकै कारण उहाँ स्थानीय स्तरमा सबै राजनैतिक दलका कार्यकर्ता बीच लोकप्रिय बन्नु भएको छ ।
पालिकामा खुलेर एमालेको समर्थन गर्ने र जनताको मन जितेर चुनाव जित्ने रणनीति तय गर्दा नेकपा एमालेबाट पालिका अध्यक्षका लागि एकल उम्मेदवारको रूपमा उहाँलाई अगाडि बढाउने चर्चा चलेको समाचार श्रोतको दाबी छ । पढाईमा समेत अब्बल हुनुभएका अन्सारी बौद्धिक नेताको पहिचान बनाउनु भएको छ ।
गाउँपालिकामा सत्तारुढ तथा विपक्षी दलहरुले गठबन्धन गरेर चुनाव लड्दा गठबन्धनका उम्मेदवारलाई ध्वस्त पार्न नेकपा एमालेबाट हातिम अन्सारीको विकल्प नरहेको नेकपा एमालेका युवा नेता फैयाज अन्सारीले बताउनुभयो । उनले पालिकामा गठबन्धनका उम्मेदवारलाई हातिम अन्सारीले मात्रै पराजित गर्न सक्ने बताउनुभयो ।
संघीयता पछिको पहिलो तथा प्रथम पटकको स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका-८ को वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा खटिनु भएका अन्सारीले जनताको सेवकको पहिचान बनेकै कारण पालिका अध्यक्षमा सजिलै चुनाव जित्ने सम्भावना बलियो देखिन्छ ।
Discussion about this post