मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं ८ स्थित धनसिहपुर स्वास्थ्य चौकीलाई केही महिना अघि बैदेशिक रोजगारीमा गएका युवाले रकम संकलन गरि हस्तान्तरण गरिएको एम्बुलेन्स संचालन गर्न नसक्दा सामाजिक संजाल सहित सर्वत्र आलोचना भईरहेको छ । टीकापुर नगरपालिका वडा नं.८ घर भई विभिन्न देशमा रोजगारीका शिलशिलामा रहेका २२ जना युवाले रकम संकलन गरी स्वास्थ्य क्षेत्रमा सहयोग होस भनि गत माघ १८ गतेका दिन एक कार्यक्रमका विच एम्बुलेन्स नगरपालिका मार्फत धनसिहपुर स्वास्थ्य चौकी लाई प्रादन गरिएको थियो । राजनैतिक प्रतिशोधका कारण जनप्रतिनिधिले एम्बुलेन्स संचालन नगरेको भन्दै सामाजिक संजालमा बिरोध तथा आलोचना भएको पाईन्छ । सामाजिक संजाल फेसबुकमा एम्बुलेन्स संचालनमा नआएको भन्दै हाल बैदेशिक रोजगारिमा गएका टीकापुर नगरपालिका वडा न.. ८ बटनपुरका टंक साउदले लेखेका छन बिरामी बोक्ने एम्बुलेन्स नै विरामी अवस्थामा भन्ने शिर्षक राख्दै टीकापुर ८ बटनपुर स्थित स्वास्थ्य चौकीलाई बैदेशीक रोजगारीको शिलशिलामा बिेदेशियका प्रवासीले दुःख पिडा लाई भुलेर आफ्नो क्षेत्रमा जनताले सहजरुपमा एम्बुलेन्स सेवा पाउन भनि पठाएको एम्बुलेन्स महिनौ दिन सम्म पनि संचालन हुन नसक्दा दुखद भएको बताएका छन । त्यसै गरि केही दिन अगाडी दिब्यसागर साउद (खगेन्द्र) ले पनि आफ्नो फेसबुकवालमा लेखेका छन नेपालको जनकपुरमा रेल चल्ने तर हाम्रो वडामा रहेको एम्बुलेन्स संचालन गर्न नसकिने भनि इगित गरेका छन । यस विषयमा बुझ्दा टीकापुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष तथा टीकापुर नगरपालिका प्रवक्ता दिर्घ बहादुर ठकुल्ला भन्छन । बैदेशिक रोजगारीमा रहेका यस क्षेत्रका युवाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग एकदमै सह्रानिय काम भएको बताएका छन , एम्बुलेन्स बन्द अवस्थामा रहनु खाख गरि नितिगतरुपमा लैजानु पर्ने र चालक राख्दा नगर प्रमुखको तोक लगाएर नगर सभाबाट निर्णय गरि दरबन्दी कायम गर्नु पर्ने भएकाले ढिलो हुन गएको बताएका छन । आफुले वडा तह बाट एम्बुलेन्स संचालनका लागि गर्नु पर्ने पहल गरेको समेत बताएका छन ।
Discussion about this post