इनरुवा । स्थानीय तह निर्वाचन २०७९ नजिक्दै जादाँ सुनसरीकोे भोक्राहा नरसिंह गाउँपालिकामा जसपा गाउँ कमिटी अध्यक्ष महेन्द्र यादवको चर्चा सुरु भएको छ ।
जसपा नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष समेत रहेका महेन्द्र यादवलाई यसपाली स्थानीय तह निर्वाचन २०७९ मा जिताएर छाड्ने स्थानीय मतदाताहरुले भन्न थालेका छन् ।
संगठन निर्माण गर्न लागेका जसपा नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष यादवको आउदो स्थानीय तह निर्वाचनमा पकड् बल्यो रह्ने स्थानीय मतदाता सरोज यादवको कथन छ ।
उनले भने इमान्दार र स्वच्छ छवी भएका उम्मेदवारको खोजीमा म लगायत अन्य मेरा साथीहरु छन् उनीहरुले पनि आउँदो स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट एकाएक चर्चामा आएका गाउँ कमिटी अध्यक्ष महेन्द्र यादवलाई सघाउने बताए ।
उता भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटै वटामा दिनरात संगठन विस्तरमा लागेका गाउँ कमिटी अध्यक्ष यादवको पक्षमा स्थानीय मतदाताहरुले पालिका अध्यक्षमा उम्मेदवारी दिन मतदाताहरुले अवाज उठाउन थालेको अर्का भोक्राहा नरसिंह वडा नं। ७ स्थानीय मतदाता उपेन्द्र मेहताको कथन छ ।
स्थानीय मतदाता मेहता भने जुन जोगी आए कानै चिरेको उख्खान जस्तै भएको छ अहिले उम्मेदवारी घोषणा, जनताले मन नपराएपनि आफ्नैै मन उम्मेदवारी घोषणा गर्ने क्रम बढेको उनको कथन छ ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिका विभिन्न पार्टीबाट आकांक्षी बनेका दर्जन भन्दा बढी नेताहरु अहिले फेसबुक लगायतका समाजिक संजालमा व्यस्त बनेका छन् ।
तर उनीहरुको उम्मेदवारी सकभर फेसबुक र समाजिक संजालमा मात्र हुने बताए ।जनतालाई परेको दुःख र पीडाको समयमा हेर्नपनि नआउने नेता अहिले पालिकाको अध्यक्ष पदको दाबेदार अरे ? कसरी भन्न रुचाए नेता,पालिकाको उम्मेदवार भन्न, मतदाता को अधिकार होइन र, नेता चुन्ने अवका दिनका मतदाता असक्षम छैन् ।
जनताको दुःख, सुखमा साथ दिने नेतालाई मात्र भोट दिने मेहताको कथन छ ।
Discussion about this post