मान बहादुर ठकुल्ला/टीकापुर / कैलालीको टीकापुरमा नयाँ बर्षका दिन हिजाे सवारीसाधन नियम बिपरित चलाउनेबाट एकै दिनमा ६२ हजार पाँच राजस्व संकलन गरेकाे छ । माेटर साईकलमा तीन जना सवार गर्ने , बिना हेल्मेट माेटर साईकल चलाउने माेटरसाईकल नियन्त्रण लिईएकाे र उक्त सवारी साधन बाट ठुलाे मात्रामा राजस्व संकलन गरिएकाे टीकापुर स्थित अस्थाई ट्राफिक प्रहरी पाेष्टका प्रमुख प्रहरी नायब निरिक्षक बिनाेद जाेशीले जानकारी दिए । टीकापुर लगायत आसपासका क्षेत्रबाट उक्त सवारीसाधन र मानिस नियन्त्रण लिएको प्रहरीले जानकारी दिएकाे छ । टीकापुर पार्क घुम्न आउने आन्तरिक र बाह्य पर्यटकका सहजै आवत जावत गराउन र अप्रिय घट्ना हुन नदिन हुने दुर्घटनामा कमि ल्याउनका लागि चेकजाँच मा कडा गरिएकाे ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शाहीले बताए ।
Discussion about this post