सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा नेकपा माओवादी केन्द्रको वडा कमिटिले स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदबारको सिफारिस गरेको छ । पार्टीले गठबन्धन भएको खण्डमा सोही अनुसार गर्ने र नभए आफ्नै प्यानलै उम्मेदबार बनाउने निणर्य सहित इनरुवा ९ नम्बर वडा कमिटिले सम्भावित उम्मेदबारको नाम सिफारिस गरेको हो । सनिबार सम्पन्न भएको वडा बैठकले सुक्रा खत्वे, हबिब मियाँ, प्रमोद यादव, लक्ष्मण यादव, धुव्र खत्वे, राजन खत्वे, आशा खत्वे, तैरुन खातुत, ममता यादव, महावती खत्वे सहितको नाम सिफारिस गरिएको जनाएको छ । त्यसैगरी निर्वाचन परिचालन कमिटि लक्ष्मण यादवको संयोजकत्वमा १०१ सदस्य समिति चयन गरेको छ । पार्टीका नगर अध्यक्ष तोयादेवी गिरी पौदारको प्रमुख आथित्यमा सम्पन्न भएको वडा कमिटि बैठकले वडा अध्यक्ष, सदस्यहरु र समावेशी सदस्यहरुको नाम सिफारिस गरेको पार्टी सचिव ममता यादवले जानकारी दिनुभयो । बैठकमा गठबन्धन भएको खण्डमा साझाँ उम्मेदबारलाई मतदान गर्ने र नभएको खण्डमा आफ्नै उम्मेदबार भई आफुमा नै मतादन गर्ने, प्रचारप्रसार गर्ने र प्रतिस्प्रधामा चुनाव जित्ने निर्णय भएको वडा अध्यक्ष प्रमोद यादवले जनाकारी दिनुभयो ।
Discussion about this post