सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा चुनावी माहोल तातेको छ । को उम्मेदबार हुने भन्ने विषयले निकै चर्चा परिचर्चा भएकाले मनोनय दर्ता अगाडी नै चुनावी माहोल तातेको हो । इनरुवाको १० वटै वडामा माहोल गर्माएको बेला इनरुवा वडा नम्बर ५ बलाहामा बढी चर्चा भएको देखिन्छ । नेताहरुको उरर्वर भुमी भएकाले घरैपिच्छे नेता भएकाले आकाक्षी पनि धेरै नै भएकाले नेकपा एमालेलाई उम्मेदबार छान्न सकस भएको देखिन्छ । एमालेबाट निर्वाचित भएका हालका वडा अध्यक्ष अन्नजनी पोखरेलले भ्रष्टाचार र अनियमितता गरेको आरोप बडाबासीले लगाईरहेको बेला सोही पार्टीबाट वहाँ सहित ११ जनाको नाम वडा अध्यक्षका लागि चर्चामा रहेको छ । त्यसमा अन्जनी पोखरेलले आफै टिकट पाउने दाउमा रहेको छ भने अर्का उम्मेदबारको दाबेखदार गोपी ढाकाल रहनुभएको छ । वहाँ पूर्व शिक्षक र ठेक्कापट्टामा लागेकाले वडाको विकास गर्न नसक्ने तर्क नेताकार्यकर्ताको रहेको छ । पूर्व शिक्षक र ठेक्कापट्टा गर्ने भएकाले अरुलाई अवसर दिनुपर्ने एक एमाले नेताको भनाई छ ।
वडामा विकासको नारा दिदैं आएका पोखरेलको बारेमा भ्रष्टाचार र अनियमितता सहित उसको आम्दानीको स्रोत र साझँको भट्टी र होटेल खर्च अनि घर जग्गा जोडेको बारेमा सुक्षम अनुशंधान र छानविन गर्नुपर्ने समेत माग उठेको छ ।
अर्का आकाक्षी ढकालका बारेमा पनि पार्टी भित्र असन्तुष्टी रहेको छ । वडामा हरि पोखरेल, मेघराज न्यौपाने लगायतका आकाक्षीको पार्टीमा बलियो पकड भएको र नागरिक अनि पार्टीसंग सम्बन्ध असल र कायैशैली, व्यक्तिगत पहुच र निर्वाचन नजिक आएको बेला मतदातालाई र नेतालाई मिलाएर लान सक्ने भएकाले पोखरेल वा न्यौपानेलाई उम्मेदबार बनाउनुपर्ने पार्टी वडा कमिटिको जोड छ । बलाहाका मतदाताले चुनावको मुखमा भन्न नहुने तर वडा अध्यक्ष पोखरेलले आफ्नो विगतको र पाँच वर्षअघि बस चौकमा टिकट काउण्टरमा काम गर्ने बेलाको आर्थिक हैसियत र अहिले पदमा पुगेर कमाएको आर्थिक हैसियत सरकारी बैधानिक सुविधा भन्दा अति धेरै भएको दावी गरेका छन् । यता इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्ष अन्जनी पोखरेलले भने आफूले कहीपनि आफूबाट अनियमितताको काम नभएको दावी गदै आएका छन् ।
Discussion about this post