शुभ नारायण यादव/ सप्तरी। सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर स्थित लक्ष्मि मन्दिर निर्माण कार्य धमाधम भइरहेको छ । वडा स्तरिय याेजना अन्तरगत ८ लाख बजेटकाे लागतमा साे मन्दिर निर्माण कार्य भइरहेको वडाअध्यक्ष बिनाेद कुमार यादवले जानकारी दिनुभयो । उक्त मन्दिर निर्माणकाे लागि पछिल्लो गत वर्ष ३ लाख तथा चालू आवकाे थप ८ लाख गरि कुल जम्मा ११ लाखकाे लागतमा साे मन्दिर निर्माण कार्य भइरहेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो । अगामि असार मसान्तसम्ममा साे मन्दिर निर्माण सु सम्पन्न हुने याेजना रहेकाे उपभोक्ता समितिका काेषाध्यक्ष बिजय मालीले जानकारी दिनुभयो । उक्त मन्दिरको निर्माण कार्यकाे अनुगमनको क्रममा वडाअध्यक्ष बिनाेद कुमार यादव , बयाेवृद राजनितिककर्मि बालबाेध झा , भुपु गाबिस अध्यक्ष राम नारायण महताे, युवा पत्रकार शुभ नारायण यादव , उपभोक्ता समिति अध्यक्ष सन्जय मिश्रा , विजय मिश्रा सहितकाहरुले गरेकाे छ । यसेबिच अनुगमनकाे क्रममा वडाअध्यक्ष यादवले साे मन्दिरको निर्माण कार्य निर्धारित समयमे सु सम्पन्न गर्न तथा गुणस्तरीय काम गर्न निर्देशन समेत दिनुभयो ।
Discussion about this post