शुभ नारायण यादव/ सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकालाई भयरहित भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने लक्ष्य रहेकाे नेकपा माओवादी केन्द्रका युवा नेता जय प्रकाश यादव जेपिले बताएका छन । नेकपा माओवादी केन्द्रकाे सम्भावित उम्मेदवार समेत रहेका युवा नेता यादवले आफु बिजयि भएपछि जिल्लामै नमुना तथा भयरहित र भ्रष्टाचार मुक्त गाउपालिका बनाउने लक्ष्य रहेकाे बताएका हुन । सन्चारकर्मीहरुसँगकाे कुराकानीमा नेता यादवले सबैभन्दा बढि दलित समुदायको बसाेबास रहेकाे यश छिन्नमस्ता गाउपालिकाका बेरोजगार युवाहरुलाइ राेजगारिका साथै शिक्षाबाट बन्चित रहेका दलित समुदायका बालबालिकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन । यादवले यश अघिका गाउपालिका कार्य समितिका पदाधिकारीहरुले काेराेना भाइरसकाे नाममा करोडौंको भ्रष्टाचार गरेकाे बताउदै नेता यादवले त्यसकाे उचित छानबिन गर्नुपर्ने तथा गाउपालिकालाइ भयरहित भ्रष्टाचार मुक्त बनाउने बताएका हुन । विगत लामाे समयदेखि विर्घाथि जिवनदेखि ने राजनितिकमा लागेका युवा नेता यादवले आफ्नाे अमुल्य समय जनताको जनसेवामे बिताउदे आएका सु प्रसिद्ध नेता हुन । मातृकाप्रसाद यादव नेतृत्वको नेकपा माओवादीका जिल्ला इन्चार्ज समेत रहनु भएका युवा नेता यादवले सबैभन्दा बढी शिक्षा , स्वास्थ्य ,बेरोजगारहरुलाइ राेजगार दिनुका साथै कृषिमा थप लगानि गर्नुपर्नेमा जाेड समेत दिएका छन । युवा नेता जेपि यादवके नेतृत्वमा यसअघि छिन्नमस्ता गाउँपालिकामा जेष्ठ नागरिक तथा बयाेबृद र अपांगता भएकाहरुलाइ समयमै सामाजिक सुरक्षा लगायतका बजेट उपलब्ध गराउनुपर्ने तथा काेराेनाकाे नाममा गाउपालिकामा भएको व्यापक भ्रष्टाचारकाे छानविन हुनुपर्ने माग गर्दै लामाे समय सम्म आन्दोलन समेत गरेका थिए । जनताकाे जनभावना अनुसार एका बिहानै देखि अबेर राति सम्म राजनितिकमा लाग्दे अाएका युवा नेता यादवले यसअघि यश छिन्नमस्ता गाउपालिकामा अशिक्षित अध्यक्ष भएके कारणले तीन वर्ष सम्म गाउँ सभा नभइ छिन्नमस्ता गाउपालिकाका जनताहरुले बिकासकाे मुख हेर्न नपाएकाले अब अगामि चुनावमा पढे लेखेका युवा नेतृत्वलाई चयन गर्न सम्पूर्ण छिन्नमस्ता गाउँपालिकाका आम जनसमुदायहरुसग अनुरोध समेत गरेका छन ।
Discussion about this post