महेश सिंह /सिरहा । वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतो द्वारा १२ लाखको चेक हस्तान्तरण गरेको छ्।
सप्तरीको राजबिराज नगरपालिका वाडा १४ प्रसाही बस्ने राम देब मंण्डल र मिना देवी मंण्डलकी ३३ बर्षको राजेश कुमार मंण्डलले वैदेशिक रोजगारीका लागी साउदीमा बस्दै आएका थिए।
उनी केहि दिनको लागी छुट्टीमा घर आएका थिए। घरबाट साउदी पुगेको १५ दिन न बितदै उनको आफ्नै काल गतिले २०७८ फल्गुण १ गते साउदीमै मृत्यु भएको थियोे। घरको जेठो छोराको मृत्यु भएपछी परिवारमा थप चिन्ता थपिएको छ् ।मृतक मंण्डललाई अढाई बर्षको एक छोरी र श्रीमती छिन्।
वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखा द्वारा मृतकको श्रीमती पुनम कुमारी मंण्डललाई १२ लाखको चेक हस्तान्तरण गरेको छ्।
प्रबन्धक महतोले निरन्तर पीडित परिवारहरुलाई सहयोग गर्न घर सम्म पुगने गरेका छन्।
Discussion about this post