मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ९ खक्रौलाबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिमानाका मा रहेको प्रहरी चेक पोष्ट नजिकबाट प्रहरी चौकी कालाकुण्डाबाट बरिष्ठ प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले नाईट्रोभेट १०३ थान, प्राभोडोन स्पास ट्याबेलेट ९ थान र २ग्राम चरेश सहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन । पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ८ कर्मिडाडाका १९ बर्षिय कुलमान भन्ने कबिर चौधरी टीकापुर ९ खक्रौलाका २३ वर्षिय प्रकाश वि.क., बाजुरा जिल्ला स्वामी कार्तिक खापर गाउपालिका वडा नं. ४ हाल टीकापुर १ वल्क नं. १३ का १८ वर्षिय रोहन सिह,टीकापुर नगरपालिका वडा नं. ९पायलगाउका १९ बर्षिय रिगल भन्ने रमेश साउद र जिल्ला लखिमपुर खिरी ग्राम पन्चायत इन्द्रनगर गाउ पोष्ट सुरतनगर उत्तरप्रदेशको १८ बर्षिय हरप्रीत सिंह सरदारलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकार दिएको छ । पक्राउ परेका ५ जनालाई हिरासतमा राखेर अनुसन्धान भई रहेको समेत जनाएको छ ।
Discussion about this post