इनरुवा । स्थानीय तह निर्वाचन २०७९ मा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती गरी चुनावमा खटाउन लागेको बताएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाका निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले आफ्नो तरिकाले कर्मचारी नियुक्ती गरी खटाउन लागिएको भन्दै स्थानीय तहका कर्मचारीहरु विरोध उत्रिन बाध्य बनेको पालिका स्रोतले जानकारी दिएको छ ।
स्रोतले दिएको जानकारी अनुसार स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा स्थानीय तहका कर्मचारीहरुलाई पाखा लगाउँदै अन्य ११ जना कर्मचारीहरुलाई नियुक्ती गरी खटाउन लागेको भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरक्त एक कर्मचारी जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरक्त एक कर्मचारीका अनुसार निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाका निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले आफुखुशी कर्मचारी खटाउन लागेको भन्दै स्थानीय तहमा कार्यरक्त कार्मचारीहरु विरोधमा उत्रिन बाध्य बनेको जानकारी दिए ।
उता स्थानीय तह निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरुलाई पाखा लगाएको भन्दै शुक्रबार जिल्ला निर्वाचन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाउने तयारीमा लागिएको योजना शाखा सहायक रामचन्द्र यादवले जानकारी दिए ।उता कर्मचारी नियुक्ति गरेको विषयमा निर्वाचन अधिकृतको मोवाइल नम्बरमा सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन्
Discussion about this post