रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको ७४ औं स्थापना दिवसका दिन नवलपरासी पश्चिमको सुस्तामा विभिन्न पार्टी परित्याग गरि डेढ सय भन्दा बढि नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन । कम्युनिस्ट पार्टी एमालेको ७४ औं स्थापना दिवसको अवसरमा शुक्रबार सुस्ता गाउँपालिका कमिटीले एक कार्यक्रम गरि पार्टी प्रवेश गराएको हो ।
नेकपा एमाले स्थापना दिवसको अवसरमा सुस्तामा नेपाली काङ्ग्रेस,जनता प्रगतिशील,जसपा र नेकपा माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरि नेकपा (एमाले) प्रवेश गरेका हुन । स्थापना दिवसको अवसरमा नेकपा एमाले गाउँपालिका कमिटी घोषणा पत्र र जेष्ठ कम्युनिस्ट कार्यकर्ता सम्मान समेत गरिएको थियोे ।
कार्यक्रम गाउँपालिका कमिटी अध्यक्ष ज्ञान प्रसाद पाठकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पु्ण्य प्रसाद पौडेल,नेतीराम चौधरी,जिल्ला सचिवालय सदस्य रामप्रसाद अर्याल,पालिका कमिटी इन्चार्ज धन बहादुर गुरुङ्ग,सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे,उपाध्यक्ष इन्द्र कुमारी थरुनी,युवराज डुम्रे,राजकुमार हरिजन,शितल अधिकारी लगायतको उपस्थिति थियोे ।
७४ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । निरंकुश जहानियाँ राणा शासनकै बेला विक्रम संवत् २००६ साल बैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।
Discussion about this post