शुभ नारायण यादव/सप्तरी। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका वडा न.-५ स्थित मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा एउटै गाउँका तीन जना युवकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण अाेभरटेक गर्दा एक आपसमा ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप कुमार यादव र २८ वर्षका बुच्चु भन्ने रंजित कुमार यादव छन् ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यता मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।यसेबिच एउटे टाेलका तीन जना युवाको मृत्यु भए पछि अहिले उक्त टाेल ने शाेकमा डुबेका छन ।
Discussion about this post