शुभ नारायण यादव /सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले राजिनामा दिएकी छिन् ।यहीँ बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको पुर्व सन्ध्यामा नेपाल सरकारले ताेकेकाे निर्णय अनुसार गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह समक्ष राजिनामा दिएकी हुन । स्थानीय तहको निर्वाचन २०७४ मा नेपाल अधिराजको सबैभन्दा कम उमेरको दाेश्राे उपाध्यक्षको रुपमा परिचीत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव रहेका थिए । तिलाठी कोइलाडी गाउँपालिकाको आफ्नो स्वार्थ निहित तिलाठी कोेइलाडी गाउँपालिकाको भ्रष्टाचार र बेतिथी बिरुद्धमा आफनो आबाज पटक पटक उठाउने एक स्वच्छ छबि भएकि उपाध्यक्षले राजीनामा दिई पुनः जसपा बाट नै चुनाव लडने चर्चा चलिरहेको छ । २०७४ सालकाे निर्वाचनमा अत्यधिक अर्थात २ हजार ९ सय ९६ मत ल्याइ बिजयि भएकि थिइन ।
Discussion about this post