रबिन्द्र यादव/नवलपरासी पश्चिम । प्रतापपुर गाउँपालिका वडा नम्बर ६ हरपुरका नेपाली काङ्ग्रेस पार्टीका जिम्मेवारीमा रहेका नेता कार्यकर्ता नेकपा माओवादीमा प्रबेश गरेका छन् । नेपाली काङ्ग्रेस वडा इकाई सचिव पदमा रहेका अल्सगिर हजामले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा माओवादी प्रवेश गरेका हुन । लामो समय अर्थात २०४५ सालदेखि नेपाली काङ्ग्रेसमा सक्रिय र क्रियाशील कार्यकर्ताको भुमिका निर्वाह गर्दै आउनु भएका समाजसेवी हजामले पार्टीले उचित मुल्यांकन नगरेको भन्दै काङ्ग्रेस परित्याग गरि माओवादी प्रवेश गरेको बताएका हुन । त्यसैगरी जनता प्रगतिशील पार्टी प्रतापपुर-६ पिपरपातीका सक्रिय सदस्य अयोध्या गुप्ताले पनि पार्टी परित्याग गरि नेकपा माओवादी प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा माओबादीका जिल्ला सदस्य तथा प्रतापपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धिरज त्रिपाठीले अबिर र दोसल्लाले सम्मान गरेका हुन् । नेकपा माओवादी पार्टी स्रोतका अनुसार उनिहरुलाई वडा सदस्य पदका लागि टिकट दिइने जनाइएको छ ।
Discussion about this post