इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा स्थानीय तहको निर्वाचन २०७९ सम्बन्धी सर्वदलिय बैठक सम्पन्न भएको छ ।
हिजो शुक्रबार गाउँपालिकाको सभाहलमा आयाेजित स्थानीय तह निर्वाचन सम्बन्धी छलफलका लागि सर्वदलीय बैठक बसेका थिए ।
स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय भाेक्राहा नरसिंह गाउँपालिका द्वारा आयाेजित कार्यक्रममा निर्वाचन अधिकृत माेहनबहादुर अधिकारीले भने निर्वाचन निष्पक्ष, शान्तीपुर्ण बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
उनले निर्वाचन आचारसंहिता, उम्मेद्वारी मनोनयनलगायतका विषयमा जानकारी गराएका थिए ।
छलफलमा गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनमकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, विभिन्न वडाका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post