शुभ नारायण यादव /सप्तरी।
सप्तरीमा पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर टोल बस्ने रबिन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही स्थानका धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा अचानक बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पोखरीमा डुबेर मृत्यु भएको प्रहरीमा जानकारी आएपछि ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटेको प्रहरी टोलीले शवको कानुन बमोजिम प्रकृया पुरा गरेको र शवको पोष्ट मार्टम समेत भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता साे सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post