इनरुवा । सुनसरीको कोशी र भोक्राहा–नरसिंह गाउँपालिकामा नेकपा एकिकृत समाजवादीले गठबन्धन बिना एक्लै चुनावमा जाने निर्णय गर्दै उम्मेदवारको घोषणा गरेको छ ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद सदस्य किरण कार्कीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका कमिटीको बैठकको निर्णयअनुसार पार्टीका भोक्राहा–नरसिह गाउँपालिका अध्यक्ष मोहम्द जावेद आलमलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
कार्कीका अनुसार पालिका कमिटीको बैठकले भोक्राहा–नरसिंह १ नम्बर वडामा कदमलाल उराँवलाई वडाअध्यक्षमा उठाउने निर्णय भएको छ ।
यसैगरि २ नम्बर वडामा रिजवान अन्सारीलाई वडाअध्यक्षसहित दुईजना पुरुष सदस्य, एक महिला सदस्य र एकजना दलित महिला सदस्यको उम्मेदवार तय गरिएकाले वैशाख ११ मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।
यसैगरि ३ नम्बर वडामा धिरेन्द्र यादवलाई वडाअध्यक्षमा उम्मेदवार बनाउने गरि वडाका सवै पदका उम्मेदवार छनौट गरिएको छ । ५ नम्बर वडामा बच्चालाल यादवलाई उम्मेदवार बनाउने गरि सवै वडा सदस्यका उम्मेदवार छनौट गरिएको छ। यसैगरि ७ नम्बर वडामा सुरेन उराँवलाई वडाअध्यक्षको उम्मेदवार छनौट गर्दै सवै पदका सदस्यका उम्मेदवार छनौट गरेको छ ।
नेकपा एसका भोक्राहा–नरसिंह चन्देश्वर मेहताले पालिकाको उपाध्यक्षमा दावेदार रहेका तीन जना आकांक्षीहरु मध्ये एकजना छनौट गर्न बाँकी रहेका बाँकी रहेका सवै वडाहरुमा वैशाख ८ गतेसम्म सवै पदमा उम्मेदवार घोषणा गरिने बताए ।
नेकपा एसको बैठकले सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले निर्णायक र सम्मानजनक रुपमा चुनावी तालमेल गर्न आनाकानी गरेपछि जनाधार र संगठनका आधारमा एक्लै चुनाव जित्ने निश्कर्षसहित उम्मेदवार घोषणा गरेको हो ।
नेकपा एसका प्रदेश सदस्य हिरालाल मेहताका अनुसार भोक्राहा–नरसिंह गाउँपालिकामा पार्टीको गाउँपालिका कमिटी, वडा कमिटी र टोल कमिटीमा १५ सयजना सदस्यहरु संगठित रहेकाले गठबन्धन नगरी चुनाव जित्ने दावी गरे ।
प्रदेश सदस्य मेहताले भोक्राहा–नरसिंहमा जनसंगठनका विद्यार्थी, युवा, महिला लगायतका कमिटीहरुमा ५ सय बढी सदस्य रहेकाले जनाधार र संगठन अन्य दलको भन्दा बलियो भएको आधारमा एक्लै चुनावमा जाने निर्णय सर्वसम्मत रुपमा गरिएको बताए ।
पालिका अध्यक्षमा उम्मेदवार घोषणा भएका मोहम्द जावेद आलमले नेकपा एकीकृत समाजवादी भोक्राहा–नरसिंह गाउँपालिका क्षेत्रमा सवै जात धर्म, भाषा भाषीहरुको बाहुल्यता र प्रतिनिधित्व रहेकाले आफुले पार्टीको चुनावी घोषणपत्र अनुसार भौतिक पूर्वाधार विकासका एजेण्डा र मानवीय संसाधन विकासका एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा भोट माग्न जाने तयारी गरेको बताए ।
त्यस्तै कोशी गाउँपालिकामा पनि नेकपा एसले गठबन्धन नगर्ने निष्कर्ससहित प्रमुखसहित सबै वडामा उम्मेदवारी तय गरेको छ ।
गाउँपालिकाका पार्टी अध्यक्ष सत्रुघन चौधरीका अनुसार गाउँपालिका अध्यक्षमा रामचन्द्र मटियैत, उपाध्यक्षमा कैकसा अनजुम, ३ नम्बरको वडाध्यक्षमा उमर अली नेतृत्वको प्यानल, वडा नम्बर ४ मा जाकिर आलम नेतृत्वको प्यानल, ५ नम्बरमा असोक अलि नेतृत्वको प्यानल, ६ नम्बर वडामा राम नारायण अरगरीया नेतृत्वको प्यानल, वडा नम्बर ७ मा जगदिश यादव नेतृत्वको प्यानल, ८ नम्बर वडामा हालका वडाध्यक्ष विन्देश्वर यादव नेतृत्वको प्यानल तय गरिएको छ ।
बैशाख ८ गतेसम्म बाँकी रहेको वडाहरुसहित र पालिकाको प्रमुख, उपप्रमुख पदका उम्मेदवारहरुको सार्वजनिक घोषणा गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।
Discussion about this post