शुभ नारायण यादव/ सप्तरी। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सप्तरीको राजविराज नगरपालिकामा मेयर पदका लागि युवा नेता दिपेन्द्र चाेधरि र उपमेयरमा साधना झाले उम्मेदवारी दिएका छन । विर्घार्थि कालदेखि ने राजनितिकमा सक्रिय रहेका युवा नेता दिपेन्द्र चाेधरिले तामझामका साथ सयौंको सहभागितामा उम्मेदवारी दिएका हुन । त्यस्तै लाेसपाले बाकि वडाका लागि वडाअध्यक्ष र वडा सदस्यहरुकाे समेत उम्मेदवारी दिएको लाेसपाले जनाएको छ । त्यसेगरि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २६ वर्षीय विद्यानन्द चौधरीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै लोसपा नेपालको तर्फबाट छिन्नमस्ता गाउपालिका वार्ड नम्बर १ को वडाअध्यक्ष हरि किशुन राय, वडा नम्बर २ को वडाअध्यक्ष ढलाइ मण्डल, वार्ड नम्बर ५ को वडा अध्यक्ष सुन्दरकान्त मिश्र (अनिल) सहित सबै वार्डबाट उम्मेदवारी दर्ता भएको पार्टीले जनाएको छ ।
यता छिन्नमस्तालाई पर्यटकीय नगरीका रुपमा विकास गर्न र पूर्वाधार तथा शिक्षाको विकासका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।
‘यस गाउँपालिकामा तीन वर्षदेखि गाउँपरिषद्को बैठक नबस्दा कुनै पनि काम हुनसकेन । जनप्रतिनिधि निर्वाचित भए पनि जनताले कुनै पनि अनुभूति गर्न सकेनन् । १४ वर्षदेखि अलपत्र खानेपानी आयोजनालाई सफल बनाउने मेरो लक्ष्य छ,’ उनले भने ।
नेपालकै प्रसिद्ध छिन्नमस्ता देवीको मन्दिर रहेको छिन्नमस्ता गाउँपालिकामा जसपा नेपाल र लोसपा नेपालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रअन्तर्गत रहेको पालिकामा लोसपाले २६ वर्षीय युवालाई पालिका अध्यक्षको रुपमा अघि सारेको हो । २०७४ सालको निर्वाचनमा भने यस गाउँपालिकाबाट तत्कालीन नयाँशक्ति पार्टीका सूर्यनारायण मण्डल पालिका अध्यक्षमा निर्वाचित भएका थिए । यसेगरि छिन्नमस्ता गाउपालिकामे जनमत पार्टीबाट अध्यक्ष पदमा भुवनेश्वर मण्डल बेलचन , उपाध्यक्षमा सावित्री रायले उम्मेदवारी दिएका छन ।
Discussion about this post