सन्तोष मेहता/विराटनगर ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले मेयर पदबाट राजीनामा दिनु भएको छ ।
पराजुलीले आज दिउँसो मेयर पदबाट राजीनामा दिनु भएको हो । स्थानीय तहको निर्वाचन हुन गइरहेको र आफू पार्टीको केन्द्रीय सदस्य भएकाले असान्न निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचनसम्बन्धी विविद्य गतिविधिमा सहभागी हुनुपर्ने भएको हुँदा वर्तमान अवस्थामा बहाल गरिरहेको प्रमुखको पदमा रहिन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधार ८ (क) बमोजिम वैशाख १४ देखि लागू हुनेगरी राजीनामा दिएको छु,’ उहाँले बुझाएको राजीनापत्रमा उल्लेख छ । पदीय दुरुपयोगको आरोप नलागोस् भनेर राजीनामा दिएको उहाँले बताउनुभयो । पराजुलीले दिएको राजिनामा भने स्वीकृत हुन बाँकी रहेको छ ।
Discussion about this post