इनरुवा । सुनसरीको सदमुकाम समेत रहेको इनरूवा नगरपालिका वडा न. २ काे वडाध्यक्ष पदमा इमानदार युवा नेता शिवनारायण पंडितले उम्मेदवारी दर्ता गरिएको छ।
जसपा नेपालबाट इनरूवा नगरपालिका वडा २ का वडाध्यक्ष पदका लागि पंडितले जनता तथा मतदाताको माग अनुसार आफ्नो उमेदवारी दिएको बताए ।
बैदेशिक राेजगारीकाे अनुभव समेत बटुलेका पंडितले वडाध्यक्ष पदमा दिएपछि इनरूवा नगरपालिका वडा नम्बर २ का मतदाताहरू खुशी भएकाे स्थानीय संजय यादवले बताए ।
स्थानीय यादवका अनुसार पंडित गरिब परिवारको छाेरा भएपनि उनको व्यक्तिगत छवि राम्रो रहेकाले स्थानीय मतदाताहरू खुशी भएको बताए ।
वडाध्यक्ष पदमा मनाेनायन पत्र दर्ता गराएका पंडित समाजमा शिक्षित मात्रै नभएर विज्ञान प्रविधीको ज्ञान समेत भएको स्थानीय मतदाताहरूकाे कथन छ ।
उनले कर्तव्यनिष्ठा, इमान्दार, एक असल जुझारु युवाको रूपमा छवी बनाएका कारण स्थानीय मतदाताहरूले स्थानीय तह निर्वाचन २०७९ मा शिवनारायण पंडितलाई नै सहयोग गर्ने बताउँछन् ।
उनले कृषि पेशामा आधारित किसानको समस्या समाधान, शिक्षा, स्वास्थ्य, दीर्घकालीन विकास निर्माण, स्वरोजगार विकासको वातावरण, उद्यमशीलता विकास लगायत स्थानिय समाजको आवश्यकतालाई पुरा गर्ने उदेश्यका साथ आफुले उम्मेदवारी दर्ता गराएको बताए ।
Discussion about this post