इनरुवा । सुनसरीका भोक्राहा नरसिंह गाउँपालिकामा गत स्थानीय तह निर्वाचन २०७४ सालमा नेकपा एमाले कमजोर भएपनि यसपालि भने पार्टीलाई मजबुत बनाउने अभियानमा लागेका युवा नेताले टिकट नपाएपछि आक्रोशीत बनेका छन् ।
नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीका इन्चार्ज रमेश कुमार यादवले संगठन निर्माण गर्न महत्त्वपूर्ण खेलेको भएपनि उनलाई पार्टी टिकट नदिएपछि युवा संघका युवाहरु आक्रोशीत बनेको हो ।
स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको पुल निर्माण गर्न रातदिन काम गरेका युवा नेता रमेश कुमार यादवलाई पार्टीले उचित मुल्यांकण नगरेको युवा संघमा आवद्ध युवाहरु रुष्ट बनेको युवा संघ सुनसरीका जिल्ला सदस्य चन्दन यादवको कथन छ ।
यादवको कथन अनुसार भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा राम्रो पकड् बनाएका रमेश कुमार यादवको वडा कमिटीबाट २ नम्बरमा नाम सिफारिस गरेर पठाएपनि नामै सिफारिस नभएको व्यक्तिले टिकट पाएपछि युवासँगै मतदाताहरु समेत रुष्ट बनेका छन् ।
Discussion about this post