सुरेन्द्र मेहता/इनरुवा । सनुसरीको १२ वटै स्थानीय तहमा प्रमुख पदका लागि महिलाहरुको उम्मेदवारी न्युन मात्रामा परेको छ ।
जिल्लामा प्रमुख राजनीतिक दलहरुले महिलाहरुलाई उपेक्षा गर्दा नेतृत्व तहमा महिला उम्मेदवार न्युन देखिएको हो ।
जिल्लाको धरान उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मन्जु भण्डारी सहित ५ जना महिलाको उम्मेदवारी नगरप्रमु्खमा पर्दा १८ जना पुरुषको उम्मेदवारी परेको छ । त्यसैगरी हरिनगर गाउँपालिकामा ११ जना अध्यक्ष पदका उम्मेदवार मध्ये एक जना मध्ये महिला उम्मेदवार रहेको छ ।
त्यसैगरी कोशी गाउँपालिकामा १४ जना र देवानगञ्ज गाउँपालिकामा १२ जान अध्यक्ष पदका उम्मेदवार रहेकोमा एक जनापनि महिला उम्मेदवार नरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिकामा १८ जनाको प्रमुख पदमा उम्मेदवारी पर्दा २ जना मात्रै महिला उम्मेदवार रहेका छन् ।
Discussion about this post