इनरूवा । सुनसरीको इनरुवा नगरपालिकाका निवर्तमान नगर प्रमुख राजन मेहताले वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
इनरूवा नगरपालिकाका निवर्तमान मेयर मेहताले नेपाली कांग्रेसले गरेको निर्णयलाई स्वीकार्दै वडा सदस्य पदमा मनाेनायन पत्र दर्ता गराइएको हाे ।
मेहता इमान्दार नेता तथा विकास प्रेमी र खेल प्रेमी नेता भएपनि पार्टीले मेयर पदकाे टिकट नदिएपछि वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
राजनले कुर्सीकाे लाेभ नगरी मेयर पदबाट राजीनामा दिएर इनरुवा नगरपालिका वडा नं. २ काे वडा सदस्य पदमा उम्मेदवार दिएका हुन् ।
‘पार्टीले जहाँ लड् भन्यो, त्यहीँ उम्मेदवार दिएको हुँ,’ मेहताले फोन सम्पर्कमा पत्रकारसँग भने, ‘कांग्रेसीहरूले मलाई जे मूल्याङ्कन गरेर टिकट दिए, त्यो मान्नुपर्छ ।’
उनले पार्टीले मूल्याङ्कन गरेर वडा सदस्यको टिकट दिएकाले मान्नुपर्ने तर्क राखे । उनले भने, ‘पार्टीले गरेको मूल्याङ्कन मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’
कतिपय नेताहरूले भने मेहेताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख बन्नका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताउँदै आएका छन् ।
यस विषयमा छोटो प्रतिक्रिया दिँदै मेहेताले भने, ‘भोलिको दिन के हुन्छ, थाहा छैन । तर, आज पार्टीले दिएको टिकटमा मैले चुनाव लड्दैछु ।’
Discussion about this post