चिरौली । स्थानीय तह निर्वाचन २०७९ को लागि भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पद र उपाध्यक्ष सहित वडाध्यक्ष पदमा उम्मेदवारी दार्ता गराएका उम्मेदवारहरु अहिले घरदैलौ अभियानमा व्यस्त बनेका छन् ।
यसपालिको स्थानीय तह निवाचन गत वर्षको भन्दा फरक हुने भएपछि दिनरात जसपा नेपालका नेता कार्यक्रर्ताहरु चुनावी अभियानलाई निरन्तरता दिनका लागि घरदैलो अभियानमा व्यस्त बनेको हो ।
जसपा नेपालबाट उम्मेदारी दिएका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पदका उम्मेदवार पुनम कुमारी मेहता, वडा नं. १ मा वडाध्यक्ष पदका लागि उम्मेदवारी दार्ता गराएका उमेश मेहता, वडा नं.२ का वडाध्यक्ष पदमा उम्मेदवार जितेन्द्र ठाकुर, वडा नं.३ का नन्द मोहर यादव, वडा नं.४ का वडाध्यक्ष पदका उम्मेदवार ब्रहमदेव उँराव, वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार कयामोद्धिन मिँया, वडा नं.६ का वडाध्यक्ष पदका उम्मेदवार संजय कुमार साह(तेली), वडा नम्बर ७ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र यादव र वडा नं.८ का वडाध्यक्ष पदका उम्मेदवार मुर्सिद आलम लगायतका नेता तथा कार्यक्रर्ताहरू अहिले घरदैलो अभियानमा लागिपरेको जसपा नेताहरुको कथन छ ।
उता सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा गत स्थानीय तह निर्वाचन २०७४ मा महिला मतदाताको संख्या ८ हजार ३ सय २३ र पुरुष मतदाताको संख्या १० हजार ५ सय ६० गरी जम्मा १८ हजार ८ सय ८३ रहेका थियो । भने हाल जिल्ला निर्वाचन कार्यालय सुनसरीको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन २०७९ मा भोक्राहा नरसिंह गाउँपालिकाको अन्तिम मतदाता संख्या २४ हजार १ सय १ जना मतदाता संख्या रहेका छन् । सो मध्ये महिला १० हजार ६ सय ५१ जना र पुरुष मतदाता संख्या १३ हजार ४ सय ५० जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाइएको छ।
Discussion about this post