शुभ नारायण यादव /सप्तरी ।
अगामी ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी महादेवा गापाको अध्यक्ष पदमा स्वतन्त्रवाट दिएको उम्मेदवारी शुक्रवार फिर्ता लिएको छ । बैशाख ३० गते मा हुन गईरहेको स्थानिय चुनाबमा ,महादेवा गा०पा०मा स्वतन्त्र उम्मेदवार भएर अध्यक्ष पदका लागि दिएका उम्मेदवारी आफ्नो पार्टी नेकपा(माओवादी केन्द्र) माथी आफुले साकारातम्क रुपले राखेको मोह माया र प्रतिष्ठा र पार्टीमा रहेका सम्पुर्ण कमरेड साथीहरुसंग मेरो भावनात्मक उच्चबिचार रहेकोले १६ गते शुक्रवारका दिन पुनःआफुले दिएका उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शालीकग्राम काफले बताउनु भयो । आफुले पार्टीको सम्पुर्ण पदका अधिकारीक उम्मेदवारको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता संचारकर्मी समक्ष ब्यक्त गरेका छन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज अशोक कुमार मण्डल,मघेस प्रदेशका सदस्य महेश प्रसाद यादवले महादेवा गापाको अध्यक्ष पदमा स्वतन्त्रवाट मोहमद डोमनले दिएको उम्मेदवारी शुक्रवार फिर्ता लिएमा धन्यवाद दिएको पार्टी श्रोतले जनाएको छ ।
Discussion about this post