चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम र भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हाे ।
भोक्रहा नरसिंह गाउॅपालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियोे ।
साे कार्यक्रममा जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियोे ।
भने अन्तर्क्रिया तथा छलफल कार्यक्रममा इन्जिनियर सुजितकुमार चौधरी, सूचना प्रविधि अधिकृत सन्देश तिम्सिनाको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आठ वटै वडाका वडासचिवहरू, सुपरीवेक्षक, गणक, अमिन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम र भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासि को सम्बन्धमा हाल सम्म भए गरेका कामहरूको समिक्षा गरिनुको साथै कार्यान्वयनमा देखिएका समस्या उपर छलफल गरी आवश्यक निर्णय गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, सूचना प्रविधि अधिकृत सन्देश तिम्सिनाले सहजिकरण गरेको थियो ।
स्थानीय तहको निर्वाचनको कारणले बैशाख २० गते पछि अर्को ब्यबस्था नभएसम्मको लागि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको लागि तथ्यांक संकलन गर्ने कार्य स्थगित गरिएको छ ।
Discussion about this post