सुनसरी। अबैध लागुऔषध गाँजा सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिएको छ। गत १६ गते राती अन्दाजी ९ बजेको समयमा प्रदेश न १-०२-००२ख ८६१४ नम्बरको ट्रकमा लागु औषध गाँजा लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट शसस्त्र प्रहरी उपरिक्षक बिक्रम होमागांइको कमाण्डमा खटिएको टोलिले सुनसरी भोक्राहानरसिह गाँउपालिका वडा न ६ भोक्राहा चोक स्थित धर्मकाटा भन्दा पछाडी पुर्व पश्चिम लोकमार्ग भन्दा अन्दाजी ५०० मिटर उत्तर तर्फ वासको झाँग र मकैबारी छेउमा ट्रकबाट अनलोड गर्न लागेको अवस्थामा अबैध लागुऔषध तयारी गाँजा छ पोका (१४८ के जी) सहित ट्रक र ट्रक चालक धनकुटा जिल्ला शहिदभुमि गाँउपालिका वडा नं. ४ बस्ने बर्ष ३६ को हेम प्रसाद राईलाई नियन्त्रणमा लिएको हो।
अबैध गाँजा सहित पक्राउ परेका हेम प्रसाद राइ संगै उक्त अबैध कार्यमा संलग्न भएका र आर्थिकरुपमा प्रलोभन दिई छुटाउन खोज्ने धनकुटा जिल्ला शहिदभुमि गाँउपालिका वडा नं. २ बस्ने बर्ष ३६ को हिक्मत राई र सोही ठाउँ बस्ने बर्ष ३५ को आशिस राई लाई उक्त स्थान देखी अन्दाजी ४ किलोमिटर उत्तर सोही गाउँपालिकाको वडा न ४ स्थित मकैबारी छेउबाट को ४० प २२११ न को पल्सर मोटारसाइकल र निजहरुको साथबाट पाँच लाख पचास हजार नेपाली रुपैया सशस्त्र प्रहरीले नियन्त्रमा लिएर आवश्यक कारबाहीको लागी नेपाल प्रहरी लाई बुझाउने प्रक्रिया भईरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले जनाएको छ।
Discussion about this post