शुभ नारायण यादव /सप्तरी । जसपा नेपालबाट मे पदका उम्मेदवारी दिएका भिमराज यादवले आफु बिजय भएपछि सप्तरीको राजविराज नगरपालिकालाई भयरहित भ्रष्टाचार मुक्त नगरपालिकासगे शिक्षा , स्वास्थ र सरसफाइ मेराे पहिलो प्राथमिकतामा रहने बताएका छन । अगामि बेशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन २०७९ अन्तरगत घरदैलो कार्यक्रममा सन्चारकर्मिहरुसगकाे कुराकानिमा उनले साे प्रतिबद्ता ब्यक गरेका हुन । नेता यादवले यश राजविराज नगरपालिका भित्रका सामुदायिक विघालयहरुमा क्रमिक रुपमा सुधार तथा पाच बर्ष भित्र त्यस मध्येका प्रत्येक बर्ष एउटा विघालयलाइ नमुना विघालय बनाउने तथा बर्षाेदेखि लालपुर्जा नपाएर अार्थिक समस्या र सङ्कटमा परेका ६० बिगहा क्षेत्र भित्रका नगरबासिहरुलाइ लालपुर्जा प्रदान गरि सहजता प्रदान गर्ने प्रतिबद्धता जनाएका छन। यस्तै राजविराज नगरलाइ साेन्दर्करण ,फाेहरमेला व्यवस्थापन र सरसफाइमा विशेष पहल गर्नुका साथै नगरपालिका भित्रका एमबिबिएस र इन्जिनियरिङ पढन चाहने १/१ जना गरिब तथा जेहेन्दार विघार्थिलाइ पढाउन लाग्ने शुल्क खर्च नगरपालिकाले व्याेहाेर्ने छन भन्ने स्वराेजगारका लागि नगरका २१ देखि २५ जना महिला र पुरुषलाई याेग्यता र क्षमताकाे आधारमा नगर प्रहरीमा भर्ना गर्नुका साथै नगरबासिलाइ सुबिधा र सहजताका लागि नगर परिवहन बस समेत सन्चालन गरिने छन । त्यसेगरि कृषकलाई सिचाइकाे पर्याप्त सुबिधा तथा नगरपालिकाकाे अाफ्नाे स्रोतबाट मलखाघ ,बीउ ,बिजन खरिद गरि समयमै किसानहरुलाइ सर्वसुलभ तरिकाबाट बितरण गर्नुका साथै राजविराज स्थित राजरङ्गशालालाइ स्तराेन्ति गरि नया स्वरूप प्रदान गरिने प्रतिबद्धता मेयर पदका उम्मेदवार यादवले जनाएका छन । यस्तै प्रेस जगतकाे सम्मान गर्दै पत्रकार महासङ्घसग अावद पत्रकारहरुकाे स्वतन्त्रता ,सुरक्षा र सम्मानका लागि विशेष कार्यक्रम अघि सारिनुका साथै हटिया बजारलाई व्यवस्िथत र उपभोक्ता दुबैलाई सुबिधा प्रदान गरिनु तथा नगरकाे सुरक्षाको दृष्टिकोणले पाेलहरुमा सिसि क्यामरा जडान तथा घरघरमा स्वच्छ खानेपानी तथा नगरकाे पायक पर्ने स्थानमा सार्वजनिक शाेचालयकाे स्थापना गरि नगरलाइ स्वच्छ ,सफा र सुन्दर बनाउने लक्ष्य रहेकाे बताएका छन । सन्चारकर्मिुकाे जिज्ञासामा उहाले नगरकाे मुख्य स्थानहरुमा वाइफाइ जाेनकाे व्यवस्था सगे सामुदायिक विघालयका छात्रछात्रालाई विघालय पाेशाककाे व्यवस्था नगरपालिकाबाट गर्नुका साथै मनाेरन्जनकाे लागि बालबालिका पार्ककाे समेत निर्माण गरिने बताएका छन । यसका साथै अति विपन्न परिवारलाई राहत काेषकाे व्यवस्था गर्नुका साथै मलेठ घटनाका शहिदहरुकाे सम्झनामा प्रत्येक वर्ष सहिद स्मृति दिवस पर्वकाे रुपमा मनाउने तथा विभेदमा परेका तथा पिछडिएका समुदायलाई आरक्षणकाे व्यवस्था गरि उनिहरुकाे जीवन स्तरमा सुधार ल्याउने विभिन्न याेजना तथा याेजना अन्तरगत त्यस्ता सामुदायलाइ परिचयपत्र प्रदान गरि खाघान्न उपलब्ध गरि त्यस्ता समुदायलाई स्वास्थ्य बिमाकाे समेत व्यवस्था गरिने बताएका छन । यसेगरि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालकाे स्तराेन्नति तथा गर्भवति अामाकाे स्वास्थ उपचारका लागि अावश्यक थप व्यवस्था मिलाउनु तथा नगर भित्रका सम्पुर्ण स्वास्थ चाेकिहरुमा जनशक्ति र उपकरणले सुसज्िजत गरि सुबिधा सम्पन्न बनाउने प्रतिबद्धता जनाएका छन । यस्तै बिदेश पलायन भइरहेका युवा शक्तिलाई आफ्ने गामठाममा सिपमुलक तालिम लगायतका विभिन्न अवसर प्रदान गरि स्वराेजगारकाे व्यवस्था मिलाउनु तथा स साना उघाेगलाइ पनि प्राेत्साहन गर्न नगरपालिकाबाट आवश्यक सहयोगका साथै नगर क्षेत्र भित्र रहेका एेलानि जग्गा सम्बन्धमा उचित व्यवस्थापन गरिने प्रतिबद्धता मेयर पदका उम्मेदवार यादवले जनाएका छन ।
Discussion about this post