सुरेन्द्र मेहता/ सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाकाे आयाेजनामा आयाेजित विभिन्न सरूवा राेग, नसर्ने राेग, जुनाेटिक मानसिक स्वास्थ्य सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको सहायक स्वास्थ्य शाखा प्रमुख प्रदीप कुमार यादवले बताए ।
सहायक स्वास्थ्य शाखा प्रमुख यादवले बताएअनुसार इनरूवा अस्पतालका सहायक मेसु डाक्टर बिरेन्द्र मण्डलले कार्यक्रममा सहभागी भएका स्वास्थ्यकर्मीहरूलाई सर्ने राेग अर्थात सरूवा राेगकाे विषयमा अन्तरक्रिया गरेका थिए ।
मेसु मण्डलले क्षयरोग , झाडापखाला , आउँमासी, म्यादेज्वरो (टाइफाइड), कमलपित्त (जन्डिस) लगायतका सरूवा राेगकाे विषयमा कार्यक्रममा सहभागी भएका स्वास्थ्यकर्मीहरूलाई जानकारी गराएका थिए ।
उता कार्यक्रममा सहायक स्वास्थ्य शाखा प्रमुख प्रदीप यादवले नसर्ने रोगको विश्व एवं नेपालको वर्तमान अवस्था , विभिन्न किसिमका नसर्ने रोग र त्यसका लक्षण, असर एवं त्यसबाट बच्ने उपाय आदिका बारेमा अन्तरक्रिया गरिएको थियो | उक्त कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्यकर्मी लगायत पालिका कर्मचारीहरूकाे समेत उपस्थिति थियो |
Discussion about this post